पाँचतारा यूवा संरक्षक मञ्चको साधारण सभा सम्पन्न

जाजरकाेट । पाँचतारा यूवा संरक्षण मञ्च जाजरकोटको २८ औं साधारण सभा सम्पन्न भएको छ । आइतबार खलंगामा भएको साधारण सभामा आर्थिक, संगठानिक,संस्थागत लेखा परिक्षण प्रतिवेदन पास गर्दै साधारण सभा सम्पन्न गरिएको  हाे ।


संस्थाले जिल्लामा रहेका विपन्न बालबालिकाहरुलाई मध्यनजर गरी छात्रवृत्रि कोष स्थापना गर्ने कार्यविधी पारित भएको अध्यक्ष छबि पन्तले बताए । ‘छात्रवृत्रि कोषले जिल्लामा रहेका विपन्न तथा गरीव बालबालिकालाई ठूलो राहत पुग्नेछ, उनले भने, ‘त्यस्ता बालबालिकाहरुलाई शैक्षिक सामग्री पदान गर्न कोष स्थापना गर्न लागिएको छ ।’ मञ्चले विगत लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ । यस्तै, संस्थाले यो बर्ष उत्कृष्ट काम गर्ने चार जना कर्मचारी सम्मान गरेको छ ।

May be an image of 1 person and dais

 सम्मानित हुने बार्षिक उत्कृष्ट कर्मचारीमा वीरेन्द्र कुमार थारु, कुँवेर केसी, उर्मिला चौधरी र जीवन खत्री रहेका छन् । सम्मान पत्र प्रदान गरेर बार्षिक उत्कृष्ट कर्मचारीलाइ सम्मान गरिएको थियो । पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटका अध्यक्ष छवी पन्तको अध्यक्षतामा सम्पन्न भएको बार्षिक साधारण सभाको उद्घाटन सत्रमा सचिव रामचन्द्र ज्योतिले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष पदमा रोकायले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । त्यसैगरी कार्यक्रम निर्देशक टेक बहादुर सुनारले संस्थागत प्रस्तुति प्रस्तुत गरेका थिए ।

May be an image of 3 people, dais and text

उक्त बार्षिक साधारण सभामा निमित्त प्रमुख जिल्ला अधिकारी समिर गौतम, जिल्ला समन्वय समितिका सदस्य खडक बिसी, नेपाल पत्रकार महासंघ जाजरकोट अध्यक्ष सुरेन्द्र बहादुर सिंह, निवर्तमान अध्यक्ष बालकुमार शर्मा, संस्थापक सदस्य राजेन्द्र कार्की, जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसी, पत्रकार रेशम खड्का, दिप बहादुर घर्तीले साधारण सभा सफलताको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक पुष्पराज खतिवडा संचालक रहेको साधारण सभामा गीत, कविता र नृत्यहरु प्रस्तुत गरिएको थियो ।May be an image of 2 people and crowd




  • फेसबुकबाट तपाईको प्रतिक्रिया