
जाजरकोट । भेरी नगरपालिका र International Society for Volunteerism and Globalization (ISVG) बीच चाईनीज भाषा (म्यान्डरिन) कक्षा सञ्चालनका लागि आज एक औपचारिक कार्यक्रम आयोजना गरी सम्झौता गरिएको छ। भेरी नगरपालिकाको कार्यालयमा आयोजित उक्त कार्यक्रममा दुवै पक्षबीच पारस्परिक सहकार्यको समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

उक्त अवसरमा नगर प्रमुख चन्द्र प्रकाश घर्तीले चाईनीज भाषा सिक्ने यो अवसर भेरी नगरपालिका र जिल्लाबासि सम्पुर्णका लागि एक ऐतिहासिक उपलब्धि हुने बताउँदै, विशेषगरी युवा तथा रोजगारी खोजीमा रहनुभएका व्यक्तिहरूले यसको भरपुर उपयोग गर्नु पर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “भविष्य निर्माण भाषाबाट सुरु हुन्छ आउनुहोस्, हामी सबै मिलेर यो अवसरलाई सदुपयोग गरौं ।”

कार्यक्रममा ISVG प्रतिनिधिहरूले भाषा सिकाइमार्फत अन्तर्राष्ट्रिय अवसरमा पहुँच बनाउने मार्ग खुल्ने विश्वास व्यक्त गरे। चाँडै नै कक्षा सञ्चालनका लागि आवश्यक तयारी पूरा गरिने र इच्छुक नगरबासीहरूलाई आवेदन प्रक्रिया सम्बन्धी जानकारी प्रदान गरिने जनाइएको छ।
भेरी नगरपालिका र ISVG को सहकार्यमा सञ्चालित चाईनीज भाषा कक्षा कार्यक्रमले शिक्षा, सीप र रोजगारीको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।






विनोद कुमार घर्ती (रिदम) । २०८२ बैशाख १९ गते शुक्रवार