नेपाल निजामती कर्मचारी संगठन जाजरकोटको अध्यक्षमा बि.सी.


जाजरकोट। नेपाल निजामती कर्मचारी संगठन जाजरकोटको ११ औँ जिल्ला अधिवेशनबाट निराजन बीसी अध्यक्षमा निर्वाचित भएका छन्। शनिबार भेरी नगरपालिकाको सभाहलमा सम्पन्न अधिवेशनले बीसीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो।
अध्यक्ष बीसीले संगठनले सबै निजामती कर्मचारीहरूको हकहितमा काम गर्दै कर्मचारीहरूको पेशागत अधिकारका लागि निरन्तर संघर्ष गर्ने बताए। उनले भने, “निजामती कर्मचारीहरूलाई पेशागत वातावरण तयार पार्न, नीति निर्माणमा सक्रिय सहभागीता जनाउन र संगठनलाई थप सशक्त बनाउन मेरो नेतृत्वले कुनै कमी राख्ने छैन।”

अधिवेशनले उपाध्यक्षमा चन्द्र बहादुर भारती, महिला उपाध्यक्षमा लक्ष्मी रोकाय पुन, सचिवमा कृति बहादुर थापा, सहसचिवमा भीम बहादुर केसी, र कोषाध्यक्षमा भूप बहादुर वलीलाई चयन गरेको छ।
सदस्यहरूमा पूर्ण बहादुर शाही, भुवन थापा, केशव खड्का, डम्बर पुन, विमल वली, कृष्ण मल्ल, प्रेम वर, राजेन्द्र विक, चन्द्रसूर्य गौतम, यौमा वली, लाल बहादुर नाथ, विपना थापा, र देव बहादुर बुढालगायत १९ जना रहेका छन्। लेखापरीक्षण आयोग संयोजकमा रभराज पुन र सदस्यमा छत्र बहादुर हमाल चयन भएका छन्।
केन्द्रीय प्रतिनिधिमा टकेन्द्र रोकाय, पवन थापा, नवराज वली, अञ्जना हमाल, वीर बहादुर चन्द, र रत्न बहादुर डाँगीलाई चयन गरिएको छ भने प्रदेश प्रतिनिधिमा यज्ञ बहादुर अधिकारी, भद्र बहादुर, प्रयागदत्त धिताल, कमल ढुंगाना, र लक्ष्मी रोकाय वली सर्वसम्मत निर्वाचित भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि संगठनका कर्णाली प्रदेश इन्चार्ज तुलाराम गिरीले निजामती कर्मचारीहरूको हकहितको संरक्षणमा संगठनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। विशेष अतिथि नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज भैरव सुन्दर श्रेष्ठले कर्मचारीहरूको एकता र पारदर्शिताले संगठनलाई थप सुदृढ बनाउने उल्लेख गरे।
कार्यक्रमका अन्य वक्ताहरूले निजामती कर्मचारीहरूको हक र अधिकारको सुनिश्चितताका लागि संगठनको भूमिका अपरिहार्य भएको धारणा व्यक्त गरे । अधिवेशनले सफलतापूर्वक नयाँ नेतृत्व चयन गर्दै समापन गरेको थियो।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया