
काठमाण्डौ । पछिल्लो समयमा निकै चर्चामा आएका चर्तिक कलाकार कृष क्षेत्रीको सिस्ने हिमाल २ सार्वजनिक भएको छ । त्यसो त गीतकार कृष क्षेत्री आफैमा संगितकार आफैमा मोडल समेत हुन् ।
आज सोमबार अर्थात फागुन १४ गतेका दिन कृष क्षेत्रीको जन्म दिन र जन्म दिनमा उपहार स्वरुप भगवानरुपी सुभेच्छुक हरुका लागि उक्त गित सार्वजनिक गरेको कुरा गाएक क्षेत्रीले द मालिका पोष्ट संग जानकारी गराएका हुन् ।
सिस्ने हिमाल, जाम कान्छी पोइल जाम, रन्का बुदे रन्का, आहै मेरो सानु माया, नाच मैया नाच, भैसी गोठैमा जस्ता गित गाएर उनी निकै चर्चामा आएका हुन । विगत ९ वर्ष देखी संगित क्षेत्रलाइ अंगालेका कृष क्षेत्रीले चार दर्जन भन्दा बडी गित सार्वजनिक गरिसकेका छन् ।
“जाजरकोट रोल्पा र रुकुममा हिन्थे बरु मायाको हुकुममा“ “जाले रुमाल किन्ने बनाउछौकी अहिले माया लाम भन्दै हासेर पछी रुदै हिन्ने बनाउछौकी “ जस्ता शव्द छनौट गरेर निर्माण गरेको दोहोरी तथा झ्याउरे शैलिको जाले रुमाल २ गीत अहिलेका चर्चित कलाकार कृष क्षेत्री, देवी वस्नेत, घनस्याम परियार, निर्मला वस्नेत, हुमेश भण्डारी, सरस्वती ठकुरी, देकेन्द्र विश्वकर्मा र गोमा हमालको आवाजमा सजिएको छ । गितमा लिडिक्स कृष क्षेत्री, एरेन्ज खेमराज गौतम र म्युजिक भिडियोलाई तिलक ठकुरी (क्षितिज) ले निर्देशन गरेका छन् । प्रकाश सोनी, ममता राना मगर, तिलक ठकुरी, दुर्गा बुढाथोकी र हास्य कलाकार कुल बहादुर वलीले उक्त गितमा अभिनय गरेका छन् ।
जाले रुमाल २ गीत Krish Chhetri अफिसियल युटुव च्यानलबाट सोमबार सार्वजनिक भएको हो ।
भिडियाे हेर्नकालागी तलकाे लिङ्कमा क्लिक गर्नुहाेला ।






द मालिका पोष्ट । २०८० फाल्गुन १४ गते सोमवार