गजल – सक्छौ भने मनमा बस मस्तिष्कमा बस

गजल

मेरो गाउँ भाँडिन्छ र त यो शहर बस्छ
इन्तजार भाँडियो भने पक्कै घर बस्छ

तबदेखि छोरीको गोठालो गर्नुपर्ने भयो
जबदेखि उसको जिउमा घाँघर बस्छ

सक्छौ भने मनमा बस मस्तिष्कमा बस
जाबो आँखामा किरा बस्छ कसिङ्गर बस्छ

वर्षौ देखि जनता नदेख्ने नेता याहाँ छन् ।
कर्णालीमा आँखाको सिविर भर्खर बस्छ।

 

लेखक : छेडागाड नगरपालिका वडा नं १२ कि जयन्ता खत्रि हुन । 




  • फेसबुकबाट तपाईको प्रतिक्रिया