
१-गजल
अब पीर नगर प्यारी दुखमा थोरै मलमपट्टी राख ।
जे पर्छ त्यही भोगौला बरु आफ्नो जीन्दगी राख ।
अपांग भए पनि बचाउनु पर्छ, मृतु बाट सन्तानलाई,
गाउँ गएर पुरै घर जग्गा साहुको नाउमा बन्दकी राख ।
याद गर घाउ निको नहुदा सम्म तिमिले बिर्सनु हुदैन,
मलाई सम्झि रहने ठाउमा लौ छोराको औषधि राख ।
यो चुडिएको चप्पलमा सधै अल्झिनु हुदैन मैले पनि,
बिस्तारै बाटो बदल्नु पर्छ अब यत्ती कुरा बुझि राख ।
२-गजल
पैसाको अगाडी न्याय बोल्दैन किन सवुत बोल्दैन ।
बरु पिउनेहरुका लागि, भट्टिले यहाँ झुट बोल्दैन ।
अरे यार म हिटलर हु भनेर के फुर्ती हाक्छौ तिमि,
जब कि कलम समाएर लाटो बोल्छ बन्दुक बोल्दैन ।
भ्रस्टाचार, हत्या, बलात्कार सुन तस्करी हुदा पनि,
बिडम्बना हाम्रो सरकार बोल्दैन यो मुलुक बोल्दैन ।
तिम्रो तस्बिर नियालेर हेर्दा तिमी उभिए जस्तो हुने,
फेरी बोलाउन खोज्छु छोएर बारम्बार खुद बोल्दैन ।
लेखक: पुष्कर पराग चन्द, भेरी नगरपालीका ५, जाजरकोट






विनोद कुमार घर्ती (रिदम) । २०८० चैत्र १२ गते सोमवार