जाजरकोट रिम्नामा कला संस्कृतिक महोत्सव सुरु

जाजरकोट । जाजरकोटको रिम्नामा कला संस्कृतिक महोत्सव सुरु भएको छ । मंगलवार देखि रिम्नामा मेला सुरु भएको मुल मेला आयोजक समितिले जनाएको छ । ‘जाजरकोट समृद्धीको आधार कला संस्कृतिक, उद्योग व्यपार’ भन्ने मुल नाराका साथ महोत्सव सुरु भएको मेला व्यवस्थापन समितिका संयोजक निरज रानाले बताए ।


स्थानीय पर्यटकिय क्षेत्र र कला सस्कृतिलाई उजाकर गर्न महोत्सव आयोजना गरिएको महोत्सव संयोजक रानाले बताए ।जिल्लामा रहेका नयाँ कलालाइ प्रस्फुटन तथा उजाकर गर्नको लागि जाजरकोट रुकुम पश्चिमको सङ्गम स्थल रिम्नामा महोत्सव सञ्चालन भएको छ ।,
महोत्सव नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला ईन्चार्ज गगन बहादुर खड्का (जीवन) ले उद्घाटन गरेका हुन ।

महोत्सवको उद्घाटन पछि बोल्दै केन्द्रय सदस्य खड्काले समय, सिजन र मौसमको प्रतिकुलता देवतानहरुलाइ छिचोल्दै पनि रिम्नामा महोत्सव लाग्दै छ उक्त महोत्सवले गत वर्ष गएको भुकम्पका कारणले विछडिएका मनहरुलाइ मनोरन्जन र महोत्सवमा सानो भएनी व्यापार गरेर आयआर्जन हुनेछ र लामो समयसम्म निरन्तर लागिरहने महोत्सव संगितमय तरिकाले वितोश अझै अहम भुमिका खेलोस उनले बताए ।


महोत्सवमा स्थानीय मयुर नाच, सिंगारु नाच, पञ्चेबाजा, पैसेरु नाच ,पापीनी नाच , सोरठी नाच लगाएतका प्रदर्शनी गरिने आयोजकले जनाएको छ । महोत्सव जेठ ८ गते देखि २० गते सम्म सञ्चालन हुने छ । महोत्सवमा विशेष गरी रुकुम पश्चिममा उत्पादित कृषि जन्य वस्तुरहरु (दहि, महि, घिउ, मह, सिस्नो, मकैको रोटी, कोदो, मकै, डोको, नाम्लो, लगायतका फरक फरक स्टलहरुमा विक्रि वितरण तथा अवलोकन गर्न सकिने छ । राष्ट्रिय तथा स्थानिय कलाकारहरुबाट दैनिक रूपमा सास्कृतिक प्रस्तुतीहरु रहने छन् ।

१० गते आउने कलाकारहरु 




  • फेसबुकबाट तपाईको प्रतिक्रिया