
जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाले लागु औषध नियन्त्रण गर्नका लागि जिल्लाका होटल व्यवसायी संग छलफल गरेको छ । शनिवार नगरपालिकाले खलंगामा रहेका व्यवसायीहरुलाइ अन्तरकृया कार्यक्राम गरेको हो । नगरपालिकाले पछिल्लो समय लागु औषध नियन्त्रणका लागि अभियानका रुपमा लिएको छ । लागु औषध ओसार पसार र सेवनबाट हुने सजाय,कानुनी प्रक्रियाका बिषयमा जानकारी दिनका लागि नगरपालिकाले व्यवसायी संग छलफल गरेको भेरी नगरपालिका शिक्षा शाखा प्रमुख अमृत पुनले बताए ।

होटल व्यवसायबाट मधिरा बिक्रि हुने भएको व्यवस्थीत गर्नका लागि कार्यक्रम आयोजना गरिएको छ । जिल्लामा होटल व्यवसायीहरु व्यवस्थीत रुपमा सञ्चालन छैन्न । होटलहरुमा बास बस्नेबाट लागु औषधको कारोवार हुने भएकोले यसबाट बचनका लागि प्रहरी नगरपालिका र होटल व्यवसायी बिच अन्तकृया कार्यक्रम सम्पन्न गरिएको छ ।

सहभागिलाई कानुनी बिषयमा जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब निरिक्षक सागर भटराईले सहजिकरण गरका थिए ।
त्यसैगरी छलफल कार्यक्रममा नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाहले लागुऔषध नियन्त्रण तथा रोकथाम गर्न सामाजिक अभियान्ता, अधिकारकर्मी तथा नागरिक समाजको भुमिकाका विषयमा प्रस्तुती राखेका थिए ।
सकारात्मक सोच, नयाँ जीवन जिउने कलाबाट नविन समाजको नेतृत्व प्रदान गर्न सकिने बताउदै भेरी नगरपालिकाको विपद शाखामा कार्यरत यज्ञ गौतमले योग तथा ध्यानका विषयमा चर्चा गरेका थिए । गौतमले सहभागीहरुलाइ मनोरन्जनात्मक नाँचमा सहभागी गराउनुको साथै १० मिनेट ध्यानमा राखेर मोटिभेसन कलास दिएका थिए ।
कार्यक्रममा जिल्लाका ६० जना व्यवसायीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा भेरी नगरपालिका रिम्न,कुदु,मटेला,स्याउली लगाएतका स्थानका व्यवसायीहरु सहभागी भएका थिए ।






द मालिका पोष्ट । २०८१ असार १५ गते शनिवार