सहिद विदुर स्मृति यू–१९ भलिबल कप सम्पन्न

लागुऔषधविरुद्ध सचेतना फैलाउने उद्देश्यले भलिबल कपको प्रतियोगिता गरिएको हो ।

जाजरकोट । लागुऔषध दुर्व्यसन नियन्त्रण तथा रोकथामका लागि खेलकुद कार्यक्रम अन्तर्गत जाजरकोटमा आयोजना गरिएको दास्रो सहिद विदुर स्मृति यू–१९ भलिबल कप प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । प्रतियोगिता चैत २४ गतेदेखि त्रिभुवन माध्यमिक विद्यालयको खेलमैदानमा चार दिनसम्म सञ्चालन गरिएको थियो ।

सहिद कर्ण बहादुर विक (विदुर) को स्मृतिमा सञ्चालन हुने यो प्रतियोगिता यस वर्ष पनि निरन्तरता दिइएको हो । १९ वर्ष मुनिका खेलाडीहरू लाई लक्षित गर्दै आयोजना गरिएको प्रतियोगिता सहिद स्मृति युवा क्लबको आयोजनामा, भेरी नगरपालिकाको मुख्य प्रायोजन तथा ज्योति विकास बैंकको सहप्रायोजनमा सम्पन्न भएको हो ।

क्लबका अध्यक्ष प्रेम बहादुर विकका अनुसार, पछिल्लो समय युवाहरू लागुऔषध दुर्व्यसनको कुलतमा जानी–नजानी फस्दै गएका छन् । चेतनाको कमी, शिक्षाको अभाव र बेरोजगारीका कारण यस्तो अवस्था सिर्जना भएको हो । उनले भने, “युवालाई सही मार्गमा डोर्याउन र चेतना फैलाउन खेलकुदलाई माध्यम बनाइएको हो ।” अध्यक्ष विकले क्लबले सुरु गरेको अभियान केही हदसम्म सफल भएको पनि बताए ।

May be an image of 10 people and text

प्रतियोगितामा भेरी नगरपालिकाबाट ७, नलगाडबाट ३ र छेडागाडबाट १ गरी ११ टिम सहभागिता भएका थिए । जस मध्य प्रथम स्थान भेरी नगरपालिका वडा नं १ को टिम वाइ.ए.पि ले हासिल गरेको थियो । त्यस्तै दृतिय र तृतिय स्थान क्रमश नलगाड ७ को बगरभिल्ला होटेलको टिम र भेरी नगरपालिका वडा नं २ को टिमले हासिल गरेको थियो । साथै प्रथम,दृतिय र तृतिय स्थान हासिल गर्ने क्रमश ५० हजार,३५ हजार र २५ हजार प्राप्त गरेका थिए ।
त्यस्तै प्रतियोगितामा भेरी नगरपालिका वडा नं २ का हरिस शाही उत्कृष्ट खेलाडी घोषित भएका थिए । उत्कृष्ट डिफेन्डरमा भेरी १ का सन्दिप वि क भएका थिए । उत्कृष्ट कोचमा वाइ.ए.पि का अशोक सिंह,उत्कृष्ट ब्लकर बगर भिल्लाका कमल परियार,उत्कृष्ट सेटर बगर भिल्लाकै दिपक शाही र उत्कृष्ट स्पाइकरमा वाइ.ए.पिका बिमल वि क भएका थिए । साथै उदयमान खेलाडीको रुपमा वाइ.ए.पि कै खडक राना भएको रेफ्रि संयोजक बिवश बिक्रम शाहले बताए । शाहका अनुसार कपको दोस्रो संकरण पनि सफलता पुर्वक सम्पन्न भएको बताए ।

प्रतियोगिता सफल पार्न रेफ्रि संयोजक बिवश बिक्रम शाह,मनोज शाह,निरज राना,भक्त शाह र प्रनिल चन्दको महत्वपूर्ण रहेकोले क्लबका अध्यक्ष वि कले रेफ्र टिमलाई धन्यवाद व्यक्त गरे ।

 

सहिद विदुर स्मृति पुरस्कारबाट सम्मानित


जाजरकोटमा लामो समयदेखि व्यवसाय गरेका,राजनितिक क्षेत्रमा प्रभाव जमाएका ,शिक्षा, स्वास्थ्य, खेलकुद लगायत अन्य क्षेत्रमा योगदान पुर्‍याएका ४० वर्ष मुनिका पत्रकार,कुषक,व्यवसायी र समाजसेवी लगायतका प्रभावशाली व्यक्तिहरुलाई यो सम्मान प्रदान गरिन्छ । युवाहरुलाई प्रोत्सहान गर्न र अन्य युवाहरुलाई प्रेरणा प्रदान गर्न यो पुरस्कार प्रदान गर्न सुरु गरिएको सहिद स्मृति युवा क्लवका अध्यक्ष वि क ले जनाए ।

यस वर्ष पनि ५ जनालाई यस पुरस्कारबाट सम्मान गरिएको छ । जस मध्य जनप्रतिनिधिको क्षेत्रबाट भेरी नगरपालिकाकी उप प्रमुख सिता जैसी, पत्रकार जुनिचादे ४ का रेशम खड्का,युवा व्यवसायी भेरी नगरपालिका ४ का भिम बहादुर कार्की,युवा व्यवसायी कुशे गाउपालिका ४ का खिम बहादुर सिंह र कृषक नलगाड नगरपालिका १० का मोतिराम रावतलाई सम्मान गरिएको हो ।

सम्बन्धित पेसामा उनीहरुले गरेको योगदानको कदर गर्दै यो पुरस्कारबाट सम्मान गरिएको अध्यक्ष वि क ले बताएका छन् ।

समापन कार्यक्रममा जिल्ला समन्वय समिति जाजरकोटका उप प्रमुख दल बहादुर सिंह लगायत अन्य सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो । सिकाइ सहित आउदा संस्करणमा यो प्रतियोगितालाई भव्य बनाउन थप परिमार्जित गरेर आउने बताइएको छ ।

May be an image of 15 people and text




  • फेसबुकबाट तपाईको प्रतिक्रिया