
जाजरकोट । काठमाडौंको तिनकुनेमा रिपोर्टिङका क्रममा ज्यान गुमाएका एभी न्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको सम्झनामा जाजरकोटमा दीप प्रज्वलन गरिएको छ।
बुधबार १३ दिनको पुण्यतिथिको अवसरमा नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको आयोजनामा रजकको आत्माको चिरशान्तिको कामना गर्दै १३ वटा दीप प्रज्वलन गरिएको हो।
कार्यक्रममा स्वर्गीय पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनी पत्रकारितामा देखाएको निष्ठा, समर्पण र योगदानको स्मरण गरिएको महासंघका सचिव रेशम बहादुर खड्काले बताए ।
कार्यक्रममा सहभागी पत्रकारहरूले रजकको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति भएको भन्दै शोक व्यक्त गरे।, सुरेश रजक सधैं सच्चा र निडर पत्रकारका रूपमा याद रहने छन्। प्रज्वलन कार्यक्रम महासंघकाे केन्द्रीय समितिले निर्धारण गरेअनुसार सम्पन्न गरिएको छ ।







विनोद कुमार घर्ती (रिदम) । २०८१ चैत्र २७ गते बुधवार