
जाजरकोट । जुनिचाँदे गाउँपालिका–६ दहकरुवामा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनपछि निर्वाचित वडा कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा सरकारी विद्यालयका प्रधानाध्यापकसमेत सहभागी भएको पाइएको छ।
जुनिचाँदे–६ मैपस्थित भानुभक्त माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशबहादुर शाही उक्त प्रमाणपत्र वितरण कार्यक्रममा सरकारी विद्यालयको शिक्षक पोशाकमै उपस्थित भएका थिए।
नेपाली कांग्रेसको वडा अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता थियो। सोही कार्यक्रममा प्रधानाध्यापक शाहीको उपस्थितिले स्थानीयस्तरमा चासो बढाएको छ।
निजामती सेवा ऐनले निजामती कर्मचारीलाई राजनीतिमा भाग लिन नहुने व्यवस्था गरेको छ। सामुदायिक विद्यालयका शिक्षकसम्बन्धी राजनीतिक संलग्नताको विषयमा पनि शिक्षा कानूनमा व्यवस्था रहेको छ।






द मालिका पोष्ट । २०८३ असोज ५ गते सोमवार