जाजरकोटमा राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा


जाजरकोट,२५ माघ ।
जाजरकोटमा राष्ट्रपति रनिङ शिल्डकाे तयारी पूरा भएको छ । जिल्ला खेलकुद बिकास समिति जाजरकोट १४ ओै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे तयारी पूरा भएको जनाएको छ । शुक्रबार जिल्ला सदरमुकाम खलंगामा पत्रकार सम्मेलनकाे आयोजना गरि समितिले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । ५४ ओटा बिधामा रहेर शुक्रबार देखि खेल सुरु गर्ने समितिका अध्यक्ष नर बहादुर बस्नेतले बताए । जिल्लाका स्थानीय तहबाट छनाैट भएका खेलाडीलाई प्रतिशप्रधा गर्नका लागि समितिले सम्पूर्ण तयारी पूरा गरेको उनकाे भनाइ छ ।


शिल्ड प्रतियोगिता शुक्रबारबाट नारायणी मावि छेडागाड-१२ मा सञ्चालन गर्ने तयारी रहेको समितिले जनाएको छ ।
तीन दिन सम्म सञ्चालन हुने खेलकुदमा छात्र तथा छात्र भलिबल, विभिन्न दुरीको दौड, रिले दौड, हाइजम्प, लङजम्प, विभिन्न तौल समुह बीच मार्सल आर्ट, तेकान्दो, ज्याभिलिङ, कबडि प्रतियोगिता लगाएतका ५४ वटा खेल खेलाईने समितिका प्रमुख जय आचार्यले बताए ।
खेलमा ५४ स्वर्ण, ५४ रजत र ५४ काश्य गरि १६२ मेडलको लागि विद्यार्थीहरु प्रतिस्पर्धा गर्ने भएका छन । जिल्लामा हाल सम्म ६ ओटा स्थानीय तहले खेलाडी पठाउने तयारीमा रहेका छन् । जुनीचाँदे गाउँपालिकालमा बजेट अभाव भएको भन्दै खेलाडी पठाउने बिषयमा अहिलेसम्म टुंगो नलागेको जुनीचाँदे गाउँपालिकाले जनाएको छ । समितिले जिल्लाका ३ सय ५० बिद्यार्थीहरुलाई प्रतिस्पर्धा गराउने लक्ष्य रहेकाे छ । जिल्लामा बर्सेनि राष्ट्रपति रनिङ शिल्डका लागि भाैत्तिक संरचना अभावका बिच सञ्चालन गर्दै आएकाे छ । खेलकाे उद्घाटन कर्णाली प्रदेशका आन्तरिक मामिला तथा याेजना मन्त्री बेदराज सिंहले गर्ने भएका छ ।

भिडियो हेर्न यो लिन्क क्लिक गर्नुहोला । https://www.facebook.com/share/p/wszB8CzXoTTxrLgZ/?mibextid=WC7FNe




  • फेसबुकबाट तपाईको प्रतिक्रिया