माया गर्ने प्रेमीहरुले कर्ण खत्री (विकल्प) का तिन गजल पढ्नुहाेस् ।

गजल-१

म्यासेज लेख्छे मध्यरातमा कल गरौँ भन्छे
फर्किफर्की तै बिषयमा छलफल गरौँ भन्छे।

कहीले भाईबर त कहीले ईमोमा कल गर्दै
पिरतीको फुलबारीमा मलजल गरौ भन्छे ।

रुदै भन्छे तिमीबिना गारोभो रे यक्लैबाच्न
हल्का आमाबालाई अली बल गरौ भन्छे ।

लामो साशलीदै ओठ् टोकी हेरीरहन्छे सदै
भीडीयो कलमै भयपनी अलमल गरौ भन्छे ।

गहभरी ॲाशुभरीयको फोटा पाठाउदै
गाउभरी थाहा हुने गरी हलचल गरौ भन्छे ।

गजल-२

उनी र मेरोबिच अब बोली बार्ने कुराछ
यहॉ वल्लोघाट न पल्लो तिर पार्ने कुराछ ।

बॉचा त सयौ जुनी संगै जिउने भयको हो
तर आज त एक छॉकमै माया टार्ने कुराछ ।

कस्को माया कती अदालत मा जोखीन्छ रे
तराजु नै बिग्रे पछी मैले पक्कै हार्ने कुराछ ।

म कसरी रहुलार उनीको मनमा सांचै अब
मेरो माया त फुल जस्तै अन्तै सार्ने कुराछ ।

तिमी बिना मर्छु भन्दै अंगालोमा बेर्ने मान्छे
अब मालाइ कतै देखे उनीले नै मार्ने कुराछ ।

गजल-३

दुखिरहेको घाउ आफ्नै ले घोच्लान पिर नगर
इज्जत प्रतिष्ठा तराजु मा जोख्लान पिर नगर ।

यहॉ पापी हरुकै रझॉइ छ आफ्नै को भर हुन्न
मौका पायो कि सब रिस पोख्लान पिर नगर ।

जिबन कॉतर हरुको हैन संघर्स गर्ने हरुको हो
राम्रो काम गर्योकी काध मा बोक्लान पिर नगर ।

सुरु गर जिबन का सफर हरु गण्तव्यमा पुग्न
मिठो बोल्दै खुट्टा तान्ना खोज्लान पिर नगर ।

जस्को कारण सॉरा जिन्दगी नै बिरामी बनाए
उनीहरुले नै संचै छौ भनी सोध्लान पिर नगर ।

  • उहाँ हुनुहुन्छ जाजरकाेट उद्याेग बाणिज्य स‌घ का नि वर्तमान अध्यक्ष कर्ण बहादुर खत्रि विकल्प

 




  • फेसबुकबाट तपाईको प्रतिक्रिया