
जाजरकोट । नेपाली बजारमा आधीकारिक रूपमा टेक्नो स्पार्क गो २०२४ सार्वजनिक भएको छ ।
आज नेपालभरी सार्वजनिक गरिएको उक्त मोबाईल सुजल सप्लायर्स जाजरकोटले औपचारीक कार्यक्रम सहित मोबाइल सार्वजनिक गरिएको हो । उक्त कार्यक्रमको संचालन सुजल सप्लायर्सका लेखापाल अरुण शाहले गरेका थिए भने कार्यत्रमकाे समापन साेही सप्लायर्सका सन्चालक शाक्यले गरेका थिए ।

सप्लायर्सका प्रोप्राइटर साजन शाक्य भन्नुहुन्छ टेक्नो स्पार्क गो २०२४ कम्पनी यस वर्ष सार्वजनिक गरेका धेरै स्मार्ट फोनहरू मध्ये एक फोन हो । यो एक आकर्षक डिजाइन र सुपथ मुल्यको साथमा आएको छ । यो फोन अगाडि ग्लास, प्लास्टिक ब्याक, साईडमा फिङ्गर प्रिन्ट, पछाडी ३ वटा क्यामरा र प्लास्टिक फ्रेम बिल्डको साथमा आउँछ ।

टेक्नो स्पार्क गो २०२४ फोन ५,००० एमएएच नन रिमुभेबल लि-पो ब्याट्रीद्वारा समर्थित छ । फोनले १० वाट चार्जर पाउछ र ४ जी नेटवर्क जडानको साथ डुअल सिम समर्थन गर्दछ ।
त्यसैगरी, यसमा जीपीएस सपोर्ट, एनएफसी सपोर्ट, एफएम रेडियो र वायरलेस पेयरिङका लागि ब्लुटुथ पनि छ । टेक्नो स्पार्क गो २०२४ को ८/६४ जीबी भेरियन्टको मूल्य ११ हजार ९ सय ९० रुपैयाँ छ ।

टेक्नो स्पार्क गो २०२४ को फिचरहरु निम्न छन ।
- Stereo Dual Speaker sound by 𝐝𝐭𝐬
- 𝟏𝟑 𝐌𝐏 HDR Portrait Camera
- Octa Core Processor 𝟖𝐆𝐁* 𝐑𝐀𝐌 + 𝟔𝟒𝐆𝐁 𝐑𝐎𝐌
- Side Edge 𝐅𝐢𝐧𝐠𝐞𝐫 𝐏𝐫𝐢𝐧𝐭 𝐔𝐧𝐥𝐨𝐜𝐤𝐢𝐧𝐠
- 𝟓𝟎𝟎𝟎 𝐦𝐀𝐡 Battery (𝐓𝐲𝐩𝐞 𝐂 𝐏𝐨𝐫𝐭)
- 𝟔.𝟔” 𝟗𝟎 𝐇𝐳 Punch Hole Display
- 𝐃𝐲𝐧𝐚𝐦𝐢𝐜 𝐏𝐨𝐫𝐭
At just 𝐍𝐏𝐑. 𝟏𝟏,𝟗𝟗𝟎 𝐰𝐢𝐭𝐡 𝟏𝟎𝟎 𝐃𝐚𝐲𝐬 𝐑𝐞𝐩𝐥𝐚𝐜𝐞𝐦𝐞𝐧𝐭 𝐰𝐢𝐭𝐡𝐢𝐧 𝟏𝟐+𝟏 𝐦𝐨𝐧𝐭𝐡𝐬 𝐖𝐚𝐫𝐫𝐚𝐧𝐭𝐲.






द मालिका पोष्ट । २०८० माघ २३ गते मङ्गलवार