
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका ८ मा भेरी नदीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् ।
शुक्रबार दिउँसो करिब २ बजे मन्मैस्थित भेरी नदीमा पौडी खेल्ने क्रममा तीन जना बालबालिका डुबेका थिए। डुबेका मध्ये १५ वर्षीया भगवती नेपाली र १० वर्षीय महेश कुसारीको शव फेला परेको छ भने १२ वर्षीया आशा कुसारी अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) वसन्त शर्माले जानकारी दिए।
आशा र महेश एउटै घरका दिदी–भाइ हुन्। घटनापछि प्रहरीको टोली घटनास्थल पुगेर खोज तथा उद्धार कार्य तीव्र पारिएको डिएसपी शर्माले बताए। उनका अनुसार जाजरकोटतर्फका छवटै स्थानमा प्रहरी परिचालन गरी बेपत्ता आशाको खोजी भइरहेको छ। स्थानीय बासिन्दाको सहयोगमा खोजी कार्य जारी रहेको र उद्धार टोलीले नदी किनारासहित आसपासका क्षेत्रहरुमा खोजी गरिरहेको प्रहरीले जनाएको छ।






विनोद कुमार घर्ती (रिदम) । २०८२ जेष्ठ २३ गते शुक्रवार