भूकम्प र कोभिड महामारीको असरले आर्थिक रूपमा थलिएको जाजरकोटमा कर्जामा सहुलियतको माग गर्दै जिल्लाका ९ सामाजिक संघसंस्थाले शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेललाई ज्ञापनपत्र बुझाएका छन्। नागरिक समाज, पत्रकार महासंघ र अन्य संस्थाहरूको प्रतिनिधित्वमा बुझाइएको ज्ञापनपत्रमा कर्जाको व्याज घटाउने, कालोसूचीमा नराख्ने, जरिवाना छुट दिने, र सामुदायिक रेडियोमार्फत जानकारी प्रवाह गर्ने व्यवस्था गर्न आग्रह गरिएको छ।

गभर्नर पौडेलको कर्णाली भ्रमणका क्रममा बुझाइएको ज्ञापनमा भूकम्पपीडित जनताको पुनःस्थापनाका लागि विशेष नीतिगत सहुलियत आवश्यक रहेको उल्लेख छ।






द मालिका पोष्ट । २०८२ जेष्ठ २३ गते शुक्रवार