जाजरकोटमा प्रतिष्ठानले मनायो २११ औं भानुजयन्ती, कुस्माखर कवितामा प्रथम


जाजरकोट । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्ती जाजरकोटमा विशेष कार्यक्रमको आयोजना गरि मनाइएको छ । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले २११ ऋौं भानुजयन्तीको अवसरमा सदरमुकाम खलंगाको ठाँटीवजारमा खुला कविता वाचन प्रतियोगिता तथा प्रवचन कार्यक्रमको आयोजना गरेको हो ।
खुला कविता प्रतियोगितामा एक दर्जन वढी कवि तथा कवयित्रीहहरुले आफना कविता स’नाएका थिए भने केहि कविहरुले अप्रतियोगि रुपमा कविता वाचन गरेका थिए । कविता वाचन गर्ने सवै जसो कवि तथा कवयित्रीहरुले नेपाली भाषाको एकिकरण र विकासमा भानुभक्तको योगदानका साथै देशको समसायिक अवस्था र विकृतिको वारेमा कविताको विषय वस्तु प्रस्तुत गरेका थिए ।
खुला कविता प्रतियोगितामा नेपालगन्ज उपमहानगर पालिका १८ वाँकेका कुस्माखर न्यौपानेले प्रथम स्थान प्राप्त गरे भने वारेकोट गाउँपालिका ६ जाजरकोटका टविन कार्कीले द्धितीय स्थान प्राप्त गरे । यसै गरि छेडागाड नगरपालिका १३कार्कीगाउँ जाजरकोटकी पुष्पा परियारले तृतीय र छेडागाड नगरपालिका १२ जाजरकोटकी विमला सिंहले सान्त्वना स्थापना प्राप्त गरिन् । विजयी कवि तथा कवयित्रीहरु मध्य प्रथम द्धितीय, तृतीय र सान्त्वना हुनहरुलाइ क्रमस ३,५००, २,५००,१,५०० र १००० नगद र प्रमाणपत्र प्रदान गरियो ।

विजयीहरुलाइ वारेकोट गाउँपालिकाका अध्यक्ष वीरवहादुर गिरी, जाजरकोटका अग्रज साहित्यकार हरि सन्दर्भ, जिल्ला समन्वय समितिका सदस्य चित्रप्रसाद शर्मा र स्थानीय समाजसेवी दिवाकर शर्माले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । भेरी नगरपालिका वडा नम्वर ३ ठाँटीवजारको वरको चौतारीमा भएको कार्यक्रममा जिल्ला स्थिति विभिन्न सरोकारवालाहरु, प्रतिष्ठानका सदस्यहरु, पत्रकारहरु, शिक्षक विद्यार्थीहरु, साहित्यीक स्रष्टाहरु र स्थानीय सर्वसाधारणहरुको उल्ल्ोख्य सहाभगिता रहेको थियो ।
प्रतिष्ठानका अध्यक्ष जनक केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भानुभक्तले नेपाली भाषाको एकिकरण तथा विकासमा पुरयाएको योगदानका वारेमा विशेष चर्चा गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा वोल्दै वारेकोट गाउँपालिकाका अध्यक्ष वीरवहादुर गिरीले नेपाली भाषाको पहिचान र विकासमा भानुभक्तले पुरयाएको योगदान अविस्मरणयि रहेको वताए ।
अध्यक्ष गिरीले जाजरकोटमा आदिकविलाइ स्मरण गरेर जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रम प्रंशसनीय रहेको भन्दै यस्ता कार्यक्रमले राष्ट्रका विभुतिहरुको उचित सम्मान हुने वताए ।

यस्तै कार्यक्रममा आदि कवि भानुभक्तले नेपाली भाषा र साहित्यको क्षेत्रमा पुरयाएको योगदानको चर्चा गर्दै जाजरकोटका अज्रज साहित्यकार हरि सन्दर्भले भानुभक्त नभएको भए नेपाली भाषाको पहिचान सम्भव नहुने वताए । उनले युवाकवि मोतीराम भटट मार्फत चिनिएका आदिकवि भानुभक्तले नेपाली भाषाको संरक्षण र विकासमा अमुल्य योगदान दिएको वताए ।
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले आदिकवि भानु भक्तको सम्झनामा आयोजना गरेको कार्यक्रम सान्दर्भिक र नयाँ पुस्ताका लागि अनुकरणीय भएको साहित्यकार सन्दर्भले वताए । कार्यक्रमा स्वागत मन्तव्य दिदै प्रतिष्ठानका सदस्य अच्युतप्रसाद शर्माले नेपाली भाषा र साहित्यको संरक्षण विकास र प्रवद्र्धनमा विशेष योगदान दिएका भानुभक्तको जन्मजयन्ती मनाएर आफुहरुले अग्रजप्रति सम्मान र नयाँ पुस्तालाइ प्रेरणा दिन खोजेको वताए ।
यो समाज र देशका लागि महत्वपुणर् योगदान गरेको विभुतिहरुको जन्मजयन्ती मनाउनु राज्य रजनताको कर्तव्य भएको उनले वताए ।

कार्यक्रमको समापन गर्दै जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले राष्टका विभुतिहरुलाइ सम्झनु र उनीहरुको योगदानको सम्मान गर्नु सवै नेपालीको अनिवार्य कर्तव्य भएको वताए । उनले नेपाली पहिचान र शान उच्च राख्न योगदान दिएका आदिकवि भानुभक्तलाइ आजको दिनमा सवैले सम्मानका साथ सम्झनु पर्ने वताए । उनले जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले जाजरकोटी मौलिकता इतिहास र सस्ँस्कृतिको संरक्षणको अभियान चलाउनुका साथै राष्ट्रका नायकहरुलाइ स्मरण गर्ने कार्यक्रम नियमित रुपमा गर्दै आएको वताए ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया