नलगाड नगरपालिका जनप्रतिनिधिले खाए ५२ लाखको मासुभात

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका जनप्रतनिधि कर्मचारीले ५२ लाखको मासु भात खाएका छन् । कार्यालयले एक आर्थीक बर्षमा ५२ लाख ३५ हजार ६ सय १७ रुपैयाको मासु भात खाएको पाइएको छ । महालेखा परक्षिकको कार्यालयको प्रतिवेदन अनुसार नगरपालिकाले एक आर्थीक बर्षमा सो रकम भुक्तानी दिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचत्यिताको आधारमा विविध खर्च गर्नुपर्ने कानुनी व्यवस्था छ । नलगाड नगरपालकिाले आर्थीक बर्ष २०७९/२०८० मा खाना तथा विविध तर्फ मात्र २३ लाख खर्च गरेको महालेखाले जनाएको छ ।
नगरपालिकाले विविध खर्चतर्फ २९ लाख ३५ हजार ६ सय १७ रुपैयाँ खर्च गरेको छ । नगरपालिकाले गरेका कार्यक्रमहरुमा सहभागीहरुलाई खान खुवाएको विल सहित करिब ५२ लाख भुक्तानी भएको महालेखाले ओैल्याएको छ ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया