जाजरकोट । खलङ्गा स्थित भेरी ज्ञानोदय बहुमुखी क्याम्पसको ३९ औँ वार्षिकोत्सव फागुन ४ देखि ६ गतेसम्म विविध शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। जाजरकोट सदरमुकाम खलङ्गामा आयोजित उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक तथा विभिन्न क्षेत्रका अतिथिहरूको उत्साहजनक सहभागिता रहेको थियो।
वार्षिकोत्सवका अवसरमा हाजिरीजवाफ, वक्तृत्वकला, लोकगीत, कुर्सी दौड तथा खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिएका थिए। हाजिरीजवाफ प्रतियोगितामा प्रेम प्रकाश वली, मनु बोहोरा र राजेन्द्र थापा प्रथम भए। हिम प्रकाश थापा, मानबहादुर नेपाली र कृष्णबहादुर विक द्वितीय तथा मिनकृष्ण विक्रम शाह, प्रनिल चन्द्र र अजय शर्मा तृतीय स्थानमा रहे।

“मेरो कल्पनामा भेरी ज्ञानोदय बहुमुखी क्याम्पस” शीर्षकमा आयोजित वक्तृत्वकला प्रतियोगितामा राजेन्द्र खत्री प्रथम, अन्जना कसेरा द्वितीय र प्रेमा चलाउने तृतीय भए। सहभागीहरूले क्याम्पसको शैक्षिक विकास, भविष्य योजना र गुणस्तरीय शिक्षाको आवश्यकता सम्बन्धी आफ्ना धारणा राखेका थिए।
खेलकुदतर्फ छात्र ब्याडमिन्टनमा सुरज जंग शाह र लक्ष्मण बुढाथोकी प्रथम, मिनकृष्ण विक्रम शाह र प्रनिल चन्द्र द्वितीय तथा आशिष भण्डारी र मौसम विक तृतीय भए। उत्कृष्ट खेल प्रदर्शनका लागि ‘बेस्ट प्लेयर’ ट्रफी सुरज जंग शाहले प्राप्त गरे। छात्रातर्फ भलिबलमा संगिता रोकायाले उत्कृष्ट प्रदर्शन गरिन्।
कुर्सी दौड प्रतियोगितामा भगवती चलाउने प्रथम, मिनकृष्ण विक्रम शाह द्वितीय र देविका कार्की तृतीय भए भने लोकगीत प्रतियोगितामा निसानी बस्नेत प्रथम, सुनिता रेग्मी द्वितीय र मनु बोहोरा तृतीय स्थानमा रहे।
समापन तथा पुरस्कार वितरण समारोह क्याम्पस प्रमुख चन्द्रबहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा Graduate School of Humanities and Social Sciences का डिन सह–प्राध्यापक आनन्द प्रसाद सुवेदी उपस्थित भई क्याम्पसले जाजरकोटमा उच्च शिक्षाको विकासमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरे।
विशेष अतिथिका रूपमा अङ्ग्रेजी तथा नेपाली केन्द्रीय विभागका विभागीय प्रमुख उप–प्राध्यापक रेशम बहादुर विष्ट तथा तिला कर्णाली बहुमुखी क्याम्पस का उप–प्राध्यापक डिल्ली बहादुर सिंहले विद्यार्थीहरूलाई अनुशासन, निरन्तर अध्ययन र सिर्जनशीलतामा केन्द्रित रहन आग्रह गरे।
कार्यक्रममा त्रिभुवन माध्यमिक विद्यालय का शिक्षक जनक केसी, नेपाल स्काउट का केन्द्रीय प्रशिक्षक राजुराजा सिंह तथा नागरिक समाज जाजरकोटका अध्यक्ष राजेन्द्र विक्रम शाहलगायतको उपस्थिति रहेको थियो।

समापन समारोहमा विभिन्न विधाका विजेताहरूलाई ट्रफी, प्रमाणपत्र तथा पुरस्कार प्रदान गर्नुका साथै क्याम्पसको विकासमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। तीन दिनसम्म खलङ्गामा सम्पन्न वार्षिकोत्सवले क्याम्पसमा शैक्षिक तथा सह-पाठ्यक्रम गतिविधिको प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेको सोहि क्याम्पसका स्ववियु कोषाध्यक्ष राजेन्द्र खत्री ले बताउनु भयो ।






द मालिका पोष्ट । २०८२ फाल्गुन ६ गते बुधवार