पत्रकार महासंघ जाजरकोटकाे निर्वाचन कार्यतालिका सार्वजनिक

जाजरकोट । नेपाल पत्रकार महासंघ जाजरकोटकाे निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । बुधवार जिल्ला निर्वाचन समिति जाजरकोटले कार्यतालिका सार्वजनिक गरेको हाे । आगामी मंसिर २८ गते सम्पन्न हुन लागेको निर्वाचनकाे निर्वाचन तालिका सार्वजनिक गरिएको जिल्ला निर्वाचन जाजरकोटका संयोजक भिम बहादुर सिंहले बताए  ।

जिल्लामा बुधबार दिउँसो १२ बजे देखि ४ बजे सम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेकाे छ । यस्तै निर्वाचनको उम्मेदवारको प्रारम्भिक नामावली ४ बजेर १५ मिनेटमा  प्रकाशन गरिने भएको छ । उम्मेदवारको मनोनयन उपर दाबी विरोध,उम्नदवारले नाम फिर्ता लिने,उम्मेदवारको अन्तिम नामावली प्रकाशन लगाएका कार्यतालिका बुधबार गरिने भएको छ ।
आगामी मंसिर २८ गते मतदान,मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।  जिल्लामा ३९ जना सदस्य रहेका छन् । महासंघमा सत्तारूढ दल निकट  प्रेस युनियन जाजरकोट र प्रेस चाैतारी नेपाल जाजरकोट साझा उमेद्वारी अगाडि सारेका छन् ।

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर जाजरकोटले एक्ल प्रतिस्पर्धा गर्ने तयारी रहेको नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष बालकुमार शर्माले बताए  । प्रेस युनियनबाट अध्यक्ष,महिला उपाध्यक्ष,समावेशी सहसचिव र काेषाध्यक्षमा उमेदवारी दिने तयारीमा रहेको प्रेस युनियन जाजरकोटका अध्यक्ष बासुदेव शर्माले बताए ।

यस्तै प्रेस चाैतारीबाट उपाध्यक्ष,सचिव,कोषाध्यक्ष सहित निर्वाचनमा भाग लिने प्रेस चाैतारी जाजरकोटका अध्यक्ष बिनाेद कुमार घर्तीले बताए । अहिलेसम्म संगठनहरूले आफ्नो उमेदवारी टुंगो लगाउने कसरतमा रहेको उनको भनाइ छ ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया