जाजरकोट
योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपाल, जाजरकोट अध्यक्षमा यज्ञराज बस्नेत सर्वसम्मत चयन भएका छन् । जिल्ला सदरमुकाम खलंगामा सनिबार सम्पन्न पाँचौ जिल्ला सम्मेलनले वाइसिएल नेपाल, जाजरकोट अध्यक्षमा बस्नेतलाइ सर्वसम्मत चयन गरेको हो । बस्नेत दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत चयन भएका भएका हुन् ।
सम्मेलनले बस्नेतको अध्यक्षतामा ७१ सदस्य जिल्ला समन्वय समिति चयन गरेको छ । होटल रिद्धिको सभाहलमा सम्पन्न सम्मेलनले उपाध्यक्षमा गोविन्द गिरी, खम्बप्रसाद सिंह, सुनकेसा केसी, सचिवमा सौगात विष्ठ, स–सचिवमा दिपक खड्का, भुपेन्द्र रावल, बालकृष्ण शाह, मुक्तिराज विकलाइ सर्वसम्मत चयन गरेको छ भने, कोषाध्यक्षमा गीता बुढालाइ सर्वसम्मत चयन गरेको छ । २० सदस्य पछि मनोनित गर्ने गरि सम्मेलनले जिल्ला कार्यसमिति चयन गरेको फ्रयाक्सन ईन्चार्ज इन्द्र प्रसाद गौतमले जानकारी दिए ।
पानसमा बत्ती बालेर सम्मेलनको उद्घाटन नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पुर्वमन्त्री शक्ति बहादुर बस्नेतले गरेका थिए । वाइसिएल नेपाल नेकपा (माओवादी केन्द्र) को सहायक संगठन भएको बताउदै कार्यक्रमका प्रमुख अथिति बस्नेतले अन्य जनवर्गिय संगठनहरु भन्दा वाइसिएल नेपालको भुमिका माथि रहेको बताए । दश बर्षे जनयुद्धको थालनी गर्नुपुर्व वाइसिएल नेपालले चारकर्ताको भुमिका पुरा गरेको बताउदै बस्नेतले आज पनि वाइसिएल नेपालले चारकर्ताको भुमिका पुरा गर्नुपर्ने वेला आएको भनाइ राखेका थिए ।
द मालिका पोष्ट । २०८२ बैशाख २७ गते शनिवार