जाजरकोट । बालकलाकार सचिन परियारको निधन भएको छ। उपचारको क्रममा रहेका सचिनको बिहीबारमहाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको उनका बुवा तेजेन्द्र परियारले पुष्टि गरेका छन्।केही दिनअघि उनलाई शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
विगत एक वर्षदेखि स्वास्थ्य समस्याका कारण थलिएका बालगायक परियारको कम्मर मुनिको भागराम्रोसँग चल्दैन थियो। यसअघि शल्यक्रिया गरेर तंग्रिएपनि उनी आफ्नै बलमा उभिन सक्दैनथे।सचिनकोउपचारको लागि रकम आवश्यक भएको भन्दै उनको परिवारले केही समयअघि आर्थिक सहयोगसमेतमागेको थियो।
सचिनको बोल्ने शैलीका कारण उनी सामाजिक सञ्जालमा भाइरल बनेका थिए। उनले महानायक राजेशहमालसँग म्युजिक भिडियो अभिनय गरेका थिए। ‘ओठ खोलेर’, ‘के छ हजुर’, ‘सेतो कपास’, ‘वरको छायाँले’, ‘हान्छु ढुंगाले’लगायत सचिनले गाएका गीत, दोहोरी तथा खेलेका थुप्रै म्युजिक भिडियो चर्चित छ।






द मालिका पोष्ट । २०८१ पुष १८ गते बिहिवार