बाग्लुङ्गको बस दु र्घटनामा रुकुमका पत्रकार विक्रम परियारको मृ त्यु

जाजरकोट। बाग्लुङको निसीखोला गाउँपालिका ६ मा सोमवार साँझ भएको बस दुर्घटनामा एक जना पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुमपूर्व सिस्ने गाउँपालिका वडा नं ५ रुमालबाराका २५ वर्षीय विक्रम परियार रहेका छन् । परियार अन्नपूणर्पोष्ट दैनिकको रुकुम संवाददाताका रुपमा कार्यरत थिए ।
उनी नेपाल पत्रकार महासंघ, जिल्ला शाखा रूकुमपूर्वको सह-सचिव हुन् । परियारसहित दुर्घटनामा मृत्यु हुनेको संख्या नौ पुगेको छ । जसमा बसधनी मुसीकोट-२ रातामाटाका बबी ददेल नेपाली र चालक रोल्पा घर भएका सुवास गौतम भनिने मानसिंह विक रहेका छन् ।
यसैगरी दाङका १८ वर्षीय लक्की पुनमगर, रुकुमपश्चिम मुसीकोट-१ की २७ वर्षीया विनिता केसी, मुसीकोट-४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसीकोट प्रेस सेन्टर नेपाल रूकुम पूर्वका उपाध्यक्ष थिए । नेपाल पत्रकार महासंघ रुकुम पुर्व शाखाको सह-३ साँखकी कल्पना केसी, गोरखा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जनको दुर्घटनामा परी मृत्यु भएको हो ।
सात जनाको घटनास्थलमै र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा रुकुमपश्चिम मुसिकोट नगरपालिका-१ का ५२ वर्षीय दशरथ नेपाली, सोही ठाउँका ३० वर्षीय छकेन्द्रजङ्ग सेन, आठबिसकोट नगरपालिका-१ का २६ वर्षीय पुष्कर बुढा, गुल्मी मदाने गाउँपालिका-१ का २४ वर्षीय गोविन्द बोहरा, रुकुमपश्चिम मुसिकोट नपा-३ का ६५ वर्षीय हर्कबहादुर केसी घाइते भएका छन् ।
यस्तै बोतलिवाङ-७ का ३५ वर्षीय हिमबहादुर पाण्डे, गुल्मी मालिका गाउँपालिका-१ का ५० वर्षीय बलबहादुर पुन, सुर्खेत पञ्चपुरी नगरपालिका-८ का २६ वर्षीय लक्ष्मण बोगटी, रुकुमपश्चिमका २२ वर्षीय टीकाराम विक, सोही ठाउँकी लक्ष्मी पुनमगर, बोतलिवाङ-११ की २२ वर्षीया सविना पुनमगर, रुकुमपश्चिमका ३८ वर्षीय हेमराज केसी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।यस्तै, रुकुमपश्चिमको मुसिकोट नगरपालिका-३ का २४ वर्षीय गणेश खड्का, काठमाडौँ टोखा नगरपालिका-३ की २३ वर्षीय सृष्टि गैरे, डोल्पा त्रिपुरासुन्दरी नगरपालिका-३ का २८ वर्षीय आविष्कार धराला, रुकुमपश्चिम मुसिकोट-३ का २७ वर्षीया सरिता खड्का, सोही ठाउँकी ज्ञानु ढकाल, ललितपुर महानगरपालिका-१४ का २४ वर्षीया अनुज्ञा भट्टराई, मुसिकोट-४ की ४६ वर्षीया बिना शर्मा, सोही ठाउँकी ४४ वर्षीया कमला केसी, २० वर्षीया लक्ष्मी पुनमगर, ५५ वर्षीया लीला केसी, ३० वर्षीय सशिराम खड्का घाइते भएको उनले बताए ।
उनका अनुसार १८ वर्षीया सपना वली, मुसिकोट नगरपालिका-३ का ६० वर्षीय हर्कबहादुर जिसी, सानोभेरी गाउँपालिका-१ का २६ वर्षीय दिनेश खड्का, त्रिवेणी गाउँपालिका-१ का २८ वर्षीय हेमराज केसी र सिन्धुपाल्चोकको जुगाल गाउँपालिका-२ का २६ वर्षीय देवेन्द्र रिजाल घाइते भएका छन् । घाइतेमध्ये २० जनाको धौलागिरि अस्पताल बागलुङ र पाँच जनाको मणिपाल अस्पताल पोखरा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिए ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया