जाजरकोटको कुदु बजार क्षेत्रमा CCTV निगरानी सुरु, सुरक्षा व्यवस्थामा नयाँ कदम

“सुरक्षित नागरिक, सुरक्षित समाज” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा नव जडित ऋऋत्ख् क्यामेराको औपचारिक शुभारम्भ गर्दै प्रहरी चौकी कुदुलाई जिम्मेवारी हस्तान्तरण गरिएको थियो ।

जाजरकोट । जाजरकोट भेरी नगरपालिका १३ स्थित कुदु बजार क्षेत्रमा CCTV निगरानी प्रणाली सञ्चालनमा आएको छ । स्थानीय स्तरमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले जडान गरिएका ८ थान CCTV क्यामेरा बुधबार औपचारिक रूपमा प्रहरी चौकी कुदुलाई हस्तान्तरण गरिएको हो ।

भेरी नगरपालिका–१३ वडा कार्यालयको सहयोग तथा प्रहरी चौकी कुदुको समन्वयमा जडान गरिएका CCTV क्यामेराको शुभारम्भ तथा हस्तान्तरण कार्यक्रम आज बिहान सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) बुद्धिसागर पुरीको प्रमुख आतिथ्यता तथा भेरी नगरपालिका–१३ का वडा अध्यक्ष यज्ञ बटाला को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय, बुद्धिजीवी, पत्रकार, समाजसेवी तथा सर्वसाधारण नागरिकहरूको सहभागिता रहेको थियो ।

“सुरक्षित नागरिक, सुरक्षित समाज” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा नव जडित CCTV क्यामेराको औपचारिक शुभारम्भ गर्दै प्रहरी चौकी कुदुलाई जिम्मेवारी हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुरीले आधुनिक प्रविधिको प्रयोगले अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले CCTV निगरानी प्रणालीले बजार क्षेत्रको गतिविधिमाथि प्रभावकारी निगरानी राख्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

वडा अध्यक्ष बटालाले स्थानीय नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर CCTV जडान गरिएको बताउँदै आगामी दिनमा पनि सुरक्षा तथा विकासका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

CCTV प्रणाली सञ्चालनमा आएसँगै कुदु बजार क्षेत्रमा हुने विभिन्न गतिविधिको निगरानी सहज हुने, सम्भावित आपराधिक घटनाको रोकथाम तथा अनुसन्धानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । स्थानीयवासीले पनि उक्त पहललाई सुरक्षा व्यवस्थापनका लागि सकारात्मक कदमका रूपमा स्वागत गरेका छन् ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया