प्रवाहकर्मी राजेन्द्र कार्कीलाइ प्रदेश पत्रकारिता पुरस्कार

जाजरकाेट । जाजरकाेटबाट सञ्चालनमा रहेकाे प्रवाह डट्कमका सञ्चालक राजेन्द्र कार्कीला प्रदेश पत्रकारीता पुरस्कारबाट सम्मानीत भएका छन् । कार्की कर्णाली प्रदेश पत्रकारिता पुरस्कार-२०८० बाट  पुरस्कृत भएका हुन्।  राजेन्द्र कार्की नगद ५० हजारसहित कर्णाली प्रदेश पत्रकारिता पुरस्कार-२०८० बाट पुरस्कृत भएका छन् ।

May be an image of 6 people, dais and text

भेरी नगरपालिका २ निवासी कार्की सहित अनलाइनखबरका  यज्ञ खत्री र कान्तिपुरका कालीकोट समाचारदाता तुलराम पाण्डे पनि पुरस्कृत भएका छन्। कर्णाली सरकारले भदौ ४ गते प्रदेश स्थापना दिवसका अवसरमा उक्त पुरस्कार प्रदान गरेको हो।  उनीहरुले पत्रकारितामार्फत कर्णालीको विकास र सामाजिक रुपान्तरणमा योगदान दिए बापत प्रदेश सरकारले पुरस्कृत गरेको हो।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया