कर्मचारी संगठन त्रिपुरासुन्दरीको अध्यक्षमा : बिष्ट

प्रेम थापा
डोल्पा नेपाल निजामती कर्मचारी संगठन त्रिपुरासुन्दरी नगर कमिटीको अध्यक्षमा हरिचन्द्र बिष्ट निर्वाचित भएका हुन   बिष्टकोअध्यक्षतामा १९ सदस्यीय नगर कमिटी चयन गरिएको छ।

नवगठित नगर कमिटीमा अध्यक्ष हरिचन्द्र बिष्ट, उपाध्यक्ष धिरेन्द्र बहादुर नेगी सम्झना केसी, कोषाध्यक्ष सुनिता बुढा, सचिव धनरोकाया, सहसचिव राम बहादुर नेपाली चयन भएका छन् कमिटीको , सदस्यहरूमा कृष्णा कुमारी सार्की, वीर बहादुर बुढा, मोहनबुढा, विष्णु कर्ण पुन, लक्ष्मी प्रसाद बोहोरा, कर्ण रुप केसी, वीर बहादुर धराला, देप सिंह थापा, जय लाल बुढा, रुपा सार्की, मिठुसुनुवार, दिपेन्द्र चौधरी जंग बहादुर थापा चयन भएका छन्।

नवनिर्वाचित नगर कमिटीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। अधिवेशनले निजामतीकर्मचारीहरूको हक, हित सेवासुविधाको प्रवर्द्धनमा संगठनको सक्रिय भूमिका आवश्यक रहेको निष्कर्ष निकालेको छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया