जाजरकोटमा तीन महिनामै १ सय ३४ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि

जाजरकोट। साउन देखी असोज सम्म स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा ४२ जनामा स्क्रब टाइफाइड संक्रमण पुष्टि भएको छ। स्वास्थ्यसेवा कार्यालय जाजरकोटका प्रमुख शुनिल पुनका अनुसार जिल्लामा पछिल्लो समय स्क्रब टाइफाइडकस बिरामी बढ्दै गएका हुन्।
स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा मात्र ४२ जना पृष्टी भएको छ ।
स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा मात्र ४२ जना पृष्टी भएको छ । नलगाड‌ नगरपालिकामा ७५ जना छेडागाड नगरपालिकामा १२ जना र लिम्सा ५ जनामा पुष्टि भएको छ। जिल्लामा तिन महिनाको अवधिमा १ सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वस्थ सेवा कार्यालय जाजरकोटका प्रमुख पुनले बताए।
जिल्लामा संक्रमण देखिएपछि यसको सम्भावित विस्तार रोक्न जिल्ला प्रशासन कार्यालयले सम्बन्धित कार्यालयलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। सोमबार प्रमुख जिल्ला अधिकारी नवराज बरालको अध्यक्षतामा बसेको समन्वय बैठकले संक्रमण रोकथाम परीक्षण उपचार तथा जनचेतनाका लागि विभिन्न निर्णय गरेको हो।
बैठकमा सुरक्षा निकाय स्वास्थ्य सेवा कार्यालय, भेरी नगरपालिका तथा सम्बन्धित सरोकारवालाको सहभागिता थियो। जिल्लामा संक्रमण देखिएको र छिमेकी जिल्लामा समेत स्क्रब टाइफस फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै जोखिम नियन्त्रणका लागि स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बरालले बताए।
जिल्लाका सबै स्थानीय तह, जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य संस्थालाई स्क्रब टाइफसको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पूर्वतयारी गर्न पत्राचार गर्ने निर्णय बैठकले गरेको छ। संक्रमणको शंका भएका बिरामीको समयमै परीक्षण, पहिचान र उपचार गर्ने व्यवस्था मिलाउनसमेत स्वास्थ्य संस्थालाई भनिएको छ।
प्रशासनले रोग नियन्त्रणका लागि उपचारसँगै जनचेतनालाई पनि प्राथमिकता दिएको छ। रेडियो, एफएम, स्थानीय सञ्चारमाध्यम, कार्यालयका वेबसाइट तथा सामाजिक सञ्जालमार्फत स्क्रब टाइफसका लक्षण, संक्रमणबाट बच्ने उपाय, उपचार र नियन्त्रणसम्बन्धी सूचना प्रवाह गर्ने निर्णय भएको छ।
जिल्लामा संक्रमणको वास्तविक अवस्था पत्ता लगाउन स्वास्थ्य सेवा कार्यालयलाई नियमित तथ्यांक संकलनको जिम्मेवारीसमेत दिइएको छ। कार्यालयले जिल्लाका स्थानीय तह तथा स्वास्थ्य संस्थाबाट संक्रमितको विवरण संकलन गरी जिल्लाको समग्र अवस्था तयार पार्ने र नियमित रूपमा जिल्ला सुरक्षा समितिमा प्रतिवेदन पेश गर्नेछ।
जिल्लाका सातै स्थानीय तहमा प्रहरी सचेतना कार्यक्रम समेत आयोजना गरिने भएको छ।
स्क्रब टाइफस मुसाको शरीरमा पाइने संक्रमित किर्नाजस्तो परजीवीको टोकाइबाट सर्ने रोग हो। झाडी, घाँसे क्षेत्र तथा खेतबारीमा काम गर्दा यसको जोखिम बढी हुने भेरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक वलीले बताए। त्यसैले त्यस्ता क्षेत्रमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, सरसफाइमा ध्यान दिने तथा ज्वरोसहितका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन उनले आग्रह गरेका छन्। वलीका अनुसार स्क्रब टाइफस समयमै पहिचान गरी उपचार गरेमा निको हुन्छ। तर उपचारमा ढिलाइ भएमा संक्रमण जटिल बन्न सक्ने भएकाले अहिले जिल्लामा संक्रमितको संख्या बढ्दै गएको उनको भनाइ छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया