
जाजरकोट ।
जाजरकोटमा पहिलो पटक स्केट पार्क सञ्चालनमा आएको छ । जिल्ला सदरमुकाम ठाँटीबजारमा जेडी स्केट पार्क सञ्चालनमा आएको हो । रुकुम पश्चिमका जनक विश्वकर्माले पार्क सञ्चालनमा ल्याएका हुन । जिल्ला समन्वय समिति जाजरकोटका उप प्रमुख दलबहादुर सिंहले एक कार्यक्रमका बिच पार्कको उद्घाटन गरेका छन् । पार्क उद्घाटन गर्दै सिंहले स्केट पार्कले साहसिक खेल विकासमा टेवा पुग्ने बताए । पहाडी इलाकामा पछिल्ला दिनहरूमा नयाँ नयाँ गतिविधि विस्तार हुनु सकारात्मक रहेको उहाँको भनाई थियो । सञ्चालक जनक विश्वकर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिसस उप प्रमुख सिंहको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा रुकुम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दलबहादुर खड्का, तरुण दलका केन्द्रीय सदस्य रमेश चन्द, नेकपा माओवादी केन्द्र चौरजहारीका सचिव एल बि कटुवाल, चौरजहारीका वाइसीयल इन्चार्ज रेसम क्षेत्री, प्रेस चौतारीका अध्यक्ष विनोदकुमार घर्ती, पत्रकार महासंघका कणर्ाली प्रदेश सदस्य सरोज ओली, महासंघ जाजरकोटका सह सचिव पवन शर्मा, भेरी मालिका दैनिकका रेशम बहादुर खड्का, युवा व्यवसायी प्रवीण बुढाथोकी लगायतको पनि आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार मनिष खड्काले गरेका थिए । २० लाख बढीको लगानीमा पार्क सञ्चालनमा ल्याएको सञ्चालक विकले जानकारी दिए ।







रेशम बहादुर खड्का । २०८१ असोज २१ गते सोमवार