
जाजरकोट । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत हुने वडा अधिवेशनको पूर्वसन्ध्यामा नलगाड नगरपालिका–७, दल्लीका २१ वर्षीय युवा मिलन सिंह वडा सभापतिमा सर्वसम्मत चयन भएका छन्।
असोज ३ गते हुने वडा अधिवेशनअघिनै आज बसेको वडा कार्यसमितिको छलफलबाट सिंहलाई वडा सभापतिमा सर्वसम्मत चयन गरिएको नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमिति सदस्य बिनबहादुर सिंहले जानकारी दिनुभयो।
उहाँका अनुसार वडा कार्यसमितिको छलफलबाट सहमतिमै युवा मिलन सिंहलाई नेतृत्वको जिम्मेवारी दिने निर्णय भएको हो।
कम उमेरमै वडा सभापतिको जिम्मेवारी पाएका सिंहको चयनसँगै नलगाड–७ मा कांग्रेसले युवा नेतृत्वलाई प्राथमिकता दिएको देखिएको छ। युवा पुस्तालाई पार्टीको संगठन र नेतृत्वमा अघि बढाउने कांग्रेसको अभियानसँग पनि यसलाई जोडेर हेरिएको छ।
सिंहलाई नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत असोज ३ गते हुने वडा अधिवेशनमा आधिकारिक रूपमा शपथ ग्रहण गराइने बताइएको छ।
नवनिर्वाचित वडा सभापति सिंहले पार्टीको संगठनलाई थप मजबुत बनाउँदै युवा सहभागिता बढाउने, कार्यकर्ताबीच एकता र सहकार्य कायम गर्ने तथा जनताका सवाललाई प्राथमिकतामा राखेर वडा तहमा कांग्रेसलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।
नेपाली कांग्रेसको ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ को आदर्श तथा एकता, मेलमिलाप र सहकार्यको भावनालाई आत्मसात् गर्दै नलगाड–७ को संगठनलाई थप व्यवस्थित र जनमुखी बनाउने जिम्मेवारी अब युवा नेतृत्वको काँधमा आएको छ।
२१ वर्षीय सिंहको सर्वसम्मत चयनले कांग्रेसको वडा तहमा नयाँ पुस्ताको आकर्षण र नेतृत्व हस्तान्तरणको सन्देश दिएको स्थानीय कांग्रेस कार्यकर्ताहरूको भनाइ छ ।






विनोद कुमार घर्ती (रिदम) । २०८३ असोज २ गते शुक्रवार