
जाजरकोट, २१ असोज । आरामेसिनले पेट काट्दा गम्भीर रूपमा घाइते भएका रुकुम पश्चिम सानीभेरी गाउँपालिका–४ का ५४ वर्षीय नन्दराम बुढालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको छ।
मंगलबार दिउँसो जाजरकोटको भेरी नगरपालिका–१ रिम्नास्थित बिसी फर्निचर उद्योगमा मेसिन सञ्चालन गर्दै गर्दा बुढा अचानक विद्युतीय मेसिनमा परि घाइते भएका थिए।
घाइते बुढालाई प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल जाजरकोट ल्याइएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेतस्थित प्रदेश अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिनुभयो।






विनोद कुमार घर्ती (रिदम) । २०८२ असोज २१ गते मङ्गलवार