ऋषी धमलामाथी विद्यार्थीको हमला


जाजरकोट । हिमालयन टक्सले आयोजना गरेको ‘विद्यार्थीसँग धमला’ कार्यक्रम भव्य रुपले समापन भएको छ ।
सोमबार काठमाडौंको कोटेस्वर स्थित ट्रिटन कजेलमा कार्यक्रम गर्दै विद्यार्थीसँग पत्रकार ऋषि धमलाको अन्तक्रिया कार्यक्रममा विभिन्न विद्यालयका गरि करिब पाँच सय विद्यार्थीले भाग लिएका थिए भने कार्यक्रममा विभिन्न कलेजका प्रिन्सिपल, शिक्षक तथा शिक्षाविदहरूको उपस्थिति भएको थियो ।


कवि प्रध्यापक टीएन भट्ट विश्वामित्रले कार्यक्रमको मध्यस्थकर्ताको भुमिका निभाएका थिए भने उक्त कार्यक्रमा धमलालाई उनको बाल्यकाल देखि हालसम्मका उनको गरेको अनुभव, देशमा चलिरहेको समसामयिक राजनैतिक विषयहरू, सामाजिक, आर्थिक तथा अन्य विषय वस्तुमा समेत छलफल गरेर विद्यार्थीहरुको मनोबलमा मलम कसरी लगाउने र धेरै पढेर नेपालमा रोजगारको सम्भावना के जस्ता गहन प्रश्नहरू सोधेर अन्तरक्रिया कार्यक्रम गरिएको कुरा हिमालयन टक्स का अध्यक्ष मिलन शर्माले द मालिका संग जानकारी दिएका थिय ।

पत्रकार धमलाले आफ्नै शैलीमा विद्यार्थीहरूले उठाएका प्रश्नहरूको जवाफ दिई विद्यार्थीहरुलाइ पठनपाठनमा जोड दिने र एक असल विद्यार्थीमा हुने गुण बोक्न समेत जानकारी दिएका थिए । हिमालयन टक्सले यस अगाडि पनि समाजका प्रतिष्ठित व्यक्तिहरू बोलाएर विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम गर्दै आइरहेको थियो । र उक्त कार्यक्रम भव्य र सभ्य रूपमा सफल भयको थियो ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया