
जाजरकोट । जाजरकोट खलङ्गाको गैरीखालीमा शनिवारदेखि ‘मालिका मोबाइल शप’ औपचारिक रूपमा संचालनमा आएको छ।
स्थानीय महिला उद्यमी शुस्मा शाह शाक्यद्वारा सञ्चालनमा ल्याइएको यस शपको उद्घाटन उनकी छोरी श्रीयान्सी शाक्यले रिबन काटेर गरेकी हुन्।
यस मोबाइल शप जाजरकोटमा पहिलोपटक ईएमआई (EMI) सेवा सहित सञ्चालनमा आएको मोबाइल पसल हो। संचालक शाक्यका अनुसार, अब ग्राहकहरूले ०% ब्याजदरमा, ४०% डाउनपेमेन्टसहित एक वर्षका लागि मोबाइल सेट फाइनान्समा खरिद गर्न सक्नेछन्।

शपमा होनर, भिभो, ओनप्लस, रेड्मी, स्यामसुङ, आइफोन, ओप्पो लगायतका लोकप्रिय ब्रान्डका स्मार्टफोनहरू उपलब्ध छन्। साथै, टेक्नो, रेल्मी, आइटेल जस्ता अन्य मोबाइल ब्रान्ड र विभिन्न इलेक्ट्रोनिक सामानहरू पनि बिक्रीमा छन्। मोबाइल बिक्री मात्र होइन, मोबाइल मर्मत सेवा (रिपेयर) पनि सोही शपबाट उपलब्ध हुनेछ।
शाक्यका अनुसार, पसल खोल्नुको मुख्य उद्देश्य स्थानीय उपभोक्तालाई सहज, सुलभ र किस्ताबन्दीमा सेवा उपलब्ध गराउनु हो। ग्रामीण भेगमा डिजिटल प्रविधिको पहुँच अझै न्यून भएको अवस्थामा, यस्तो सेवाबाट स्थानीय बासिन्दाहरूले आधुनिक मोबाइल प्रविधिमा सहज पहुँच पाउने विश्वास लिइएको छ।
‘मालिका मोबाइल शप’ ले जाजरकोटमा मोबाइल खरिद र सेवा सुविधाको नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ।







विनोद कुमार घर्ती (रिदम) । २०८२ जेष्ठ १७ गते शनिवार