
गजल
आज जन्मदिन मनाऊँ कि नमनाऊँ, दोधारमा छु
यो जिन्दगी सुखमय कसरी बनाउँ, दोधारमा छु ।
शुभकामनाहरु हेर्दा जिस्काइरहेका छन् जस्तै लाग्छ
उमेर घट्यो एकवर्ष रुम कि मुस्कुराउँ दोधारमा छु ।
नयाँ सपना बोकेर अगाडी बढ्नु पर्छ भन्छेउ तिमी
बोक्नै नसकिने सपना बोकेर कता जाउँ दोधारमा छु ।
खुशीहरु त शहरतिरै पाउँछन् गाउँमा दुख हुन्छन् अरे
तिमि आफै भन शहर पसुँ कि गाउँ दोधारमा छु ।
केक त काट्नै पर्ने होला आफन्तीको मन बुझाउन
रातो टिका निधारमा लाउँ कि नलाउँ दोधारमा छु ।
लेखक गंग विवस आर.सी .जाजरकोट छेडागाड नगरपालिका मा प्रशासकीय अधिकृत हुनुहुन्छ ।






गंग विवस आर.सी. । २०८३ साउन ५ गते मङ्गलवार