
जाजरकोट । जाजरकोटमा लागूऔषध (अफिम) जस्तो देखिने पदार्थसहित दुई जना महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–१३ बस्ने अन्दाजी ४० वर्षीया मनकुमारी घर्ति र सोही उपमहानगरपालिका–१८ बस्ने अन्दाजी ४५ वर्षीया माया घर्ती रहेकी छन्।
हिजो (शनिवार) बिहान गोप्य सूचनाका आधारमा बारेकोट गाउँपालिका–९ सक्ला बजारमा प्रहरी चौकी सक्ला र जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट सादा पोशाकमा खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको शरीर तथा साथमा रहेको सामान खानतलासी गर्दा लागूऔषध (अफिम) जस्तो देखिने कालो अर्धठोस गिलो पदार्थ ४ किलोग्राम, नगद १० हजार ११० रुपैयाँ र दुई थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध आज जाजरकोट जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।







द मालिका पोष्ट । २०८३ साउन ३ गते आइतवार