शिवालय जीप दुर्घटना : एकजना सामान्य घाइते


जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा बोलेरो जीप दुर्घटनामा परेको छ । शिवालय पालिकाको गैरीबजारदेखि शिवालय–२ नेपा जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०३५० नम्बरको जीप बुधवार दिउँसो २ः४५ बजेको समयमा पालिका नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर शिवालय–२ बस्ने सिता बस्नेत सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय सिमाले जनाएको छ । जीप ब्रेकफेल भएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ । जीप चालक हस्त बहादुर बुढा प्रहरीको नियन्त्रणमा रहेका छन् ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया