
जाजरकोट । गैर सरकारी सस्था महासंघ जाजरकोटको अध्यक्षमा सहदेव वस्नेत चयन भएका हुन । संघको नवौँ जिल्ला अधिवेशनबाट बस्नेतको अध्यक्षयतामा ९ सदस्यीय कार्यसमिती चयन भयको छ । अध्यक्ष बस्नेत विगत २५ बर्सदेखी सामाजिक क्षेत्रमा कृयाशिल हुनुन्छ । अहिले उहाँ यार्सन जाजरकोटमा आवद हुनुन्छ । सस्थाले १० आँै साधरण सभा र नवौँ अधिवेशन आज सम्पन्न गरेको छ । जसको उपाध्यक्षमा गोपाल बाणिया, सचिवमा कृष्णजंग शाह, कोषाध्यक्षमा सरस्वती गिरी र सहसचिवमा माल बहादुर सिंह (मोहन) निर्बिरोध चयन भयका छन । त्यसैगरी सदस्यहरुमा देबिसरा बस्नेत, झलक मल्ल सविता शाह र कासीराम कार्की चयन भयका हुन ।

गैर सरकारी सस्था महासंघका केन्द्रिय अध्यक्ष राम प्रसाद सुबेदिको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा महासंघका केन्द्रिय महासचिव अर्जुन भण्डारी, निवर्तमान अध्यक्ष जितराम लामा, सचिव गोविन्द शाही केन्द्रिय सदस्य धर्म रोकाय, विष्णु रावत , समन्वय उपप्रमुख दल बहादुर सिंह, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, विकास साझेदारी संस्थाका प्रमुखहरु र स्थानीय गैर सरकारी संस्थाका प्रमुखहरु को आतिथ्यतामा कार्यक्रम समापन भएको हो । यस अधि गैर सरकारी सस्था महासंघ जाजरकोटको अध्यक्षमा विर बहादुर वस्नेत चयन हुनु भएको थियो ।






विनोद कुमार घर्ती (रिदम) । २०८१ भाद्र २६ गते बुधवार