रुकुम पूर्वमा जीप दुर्घना: उत्तरगंगा गाउँपालिका उपाध्यक्षसहित तीन जनाको मृत्यु


जाजरकोट । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा परेर एक जना घाईते भएका छन् ।
मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ जिल्लाको गलकोट नगरपालिका-२ नरेठाँटीको भुंखानीमा सरकारी नम्बर प्लेटको रा १ झ २०० नम्बर बोलेरो जीप दुर्घटना भएको हो ।
दुर्घटना स्थलमा दुई जना महिला र एक जना पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । मृतक मध्य एक जना रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा रहेको यादवले जानकारी दिनुभयो ।


दुर्घटनास्थलमा उपाध्यक्ष बुढाको परिचयपत्र फेला परेकोले मृत्यु हुनेमा एक जना उपाध्यक्ष रहेको प्रहरीको भनाई छ ।
दुर्घटना कतिबेला भएको भन्ने समेत खुलेको छैन । आज बिहान दुदीलाभाटीका प्रेम बहादुर कार्कीले घाँस काट्न जाने बेला दुर्घना ग्रस्त जीप र शव देखेपछि प्रहरीलाई खवर गरेका थिए। घाइतेलाई थप उपचारका लागि धौलागिरी अस्पताल पठाइएको छ ।
रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले बागलुङ जिल्लाको गलकोटमा उपाध्यक्ष सवार जिप दुर्घटनामा परेको दुखद खबर आएको जानकारी दिनुभयो । उहाँले थप विवरण आउन बाँकि रहेको जनाउनुभयो ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया