युवाहरूको श्रमदानले अलपत्र सडक निर्माण: स्थानीय सरकारको सहयोग अभाव


जाजरकोट । भेरी नगरपालिका ४, जाजरकोटका स्थानीय युवाहरूले श्रमदान गरी पक्की ढलान सहितको सडक निर्माण गरिएको छ । वर्षौंदेखि जिर्ण अवस्थामा रहेको सडक मर्मतको लागि स्थानीय सरकारसँग पटक-पटक सहयोगको आग्रह गरिए पनि, कुनै ठोस कदम नचालिएपछि गैरीखाली देखी रानागाउँ जाने कालिस्थान सडक युवाहरूले स्वयं मर्मत गरेका हुन । सडकको बिचल्लीका कारण दैनिक यात्रामा कठिनाइ, सवारी साधन चलाउन असम्भव हुनु, र स्थानीय जनताको आवतजावतमा समस्या उत्पन्न भएको थियो ।


जिल्लामा क्रियाशिल युवाहरुले व्यक्तिगत पैसा संकलन गरेर बिग्रिएको सडक निर्माणमा जुटेका छन । “जागौ युवा, बिकासमा हातमैलो गरौ अनि आफ्नो जिल्ला वडा बनाउन आफै बाट सुरु गरौ ।” “आफ्नो ठाउँ आफै बनाउने अभियान आफैबाट सुरु गरौ ।” “नपरौ कसैको भरमा हामी युवा सिक्षित छौ, अलि जिम्मेवार नागरिक बनौ सुरुवात आफै बाट गरौ ।” भन्ने हेतुका साथ युवाहरूको सामूहिक प्रयासले आवश्यक सामग्री र साधन जुटाइयो, र श्रमदानमार्फत गैरीखालिको कालिका स्थान जानेबाटो निर्माण गरेको भेरी नगरपालिका ४ का आकाश बाबु सिंहले बताए ।
वर्षौ पहिलेदेखी संचालनमा आएको बाटो १० मिटर मात्र निर्माण नभएको कारण ओझेलमा परेको थियो । बारम्बार सडक निर्माण गर्नुपर्छ र स्थानीयहरुलाई आवतजावतमा सहज हुनका साथै यातायात चल्नमा पनी सहज हुन्छ भनी स्थानीय सरकारलाई भनिरहदा कुनै सुनुवाई भएन् । अनेत्र बाटो पक्की भएपनि प्रवेश द्वारमा बाटो नभएपछि आफनो नेतृत्वमा पक्की बाटो निर्माण अभियान सञ्चालन गरिएको सिंहको भनाइ छ । सोमवार र बुधवार गरी दुई दिनमा युवाहरुले बाटो ढलान गरेका छन् ।


युवाहरुले गैरीखाली रानागाउँ सडक खण्डको नाम कालिका स्थान मार्गको रुपमा नामाकरण गरेका छन् । मुख्य बजार क्षेत्रको १० मिटर सडम पक्की नहुदा बर्षौदेखि नागरिकहरु आवतजावतामा समस्या खेप्दै आएको भेरी नगरपालिका ४ का लुकाश विक्रम शाहले बताए । युवाहरुले मंगलवार कालिका स्थान जाने मार्ग बोर्ड टासि सडक संचालनमा ल्याएका छन् ।
बाटो निर्माणमा आकाश बाबू सिंह र लुकाश बिक्रम शाहको नेतृत्वमा रमेश चन्द, अनिष कार्की, लोकेन्द्र चन्द, रमेश श्रेष्ठ, बिनोद घर्ति (रिदम), भरत श्रेष्ठ, बिकिस बिक्रम शाह, बिबश बिक्रम शाह, कृष्ण बिक्रम शाह, बिरेन्द्र शाही, महेन्द्र खत्री, साजन शाक्य, विक्रेन बक्रिम शाह, मविन जंग शाह, फत्ते जंग शाह, राजु भडेल, लक्ष्मी शाही, सबिन पन्त, राजु साक्य, कल्पना शाक्य, गोपाल केसी, गणेश बि.क, विशाल श्रेष्ठ, गताएतका युवाले बाटो निर्माणमा सहयोग गरेका छन् ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया