स्केटिङ जोनका ग्राहकलाई घडीदेखि मोबाइलसम्म उपहार !

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा दुई महिना अगाडि सञ्चालनमा आएको ‘स्केटिङ जोन’ ले आफ्ना एकजना ग्राहकलाई मोबाइल उपहार दिन लागेको छ ।

वीरेन्द्रनगर–१० खजुरास्थित इत्राम पुल नजिकै सञ्चालन भएको ‘द स्केटिङ जोन’ ले सोमबार स्केट गर्न आउने आफ्ना ग्राहकहरूमध्ये एक/एक जनालाई मोबाइल र स्मार्ट घडी उपहार दिन लागेको हो । स्केटिङ जोनका सञ्चालक लोकजंग शाहीले श्रीकृष्ण जन्माष्टमीको अवसरमा स्केट गर्न आउने आफ्ना ग्राहकमध्ये एक/एकजनालाई मोबाइल र स्मार्ट घडी दिन लागेको जानकारी दिए । ‘भोलि जन्माष्टमी पनि भयो, त्यही अवसरमा टिकट काटेर स्केट गर्ने ग्राहकमध्ये एक/एक जनालाई गोलाप्रथा गरेर घडी र मोबाइल दिन लागेका हौँ’ उनले भने ‘हामीले यसभन्दा पहिले पनि गोलाप्रथाद्धारा मोबाइल उपहार दिइसकेका छौ ।’ गत साउन २ गते गोलाप्रथाद्धारा सुर्खेतकी शर्मिला गुरुङलाई मोबाइल, भदौ ४ गते प्रणीत केसीलाई मोबाइल र रोनित नेपालीलाई घडी प्रदान गरिएको थियो । ठुलो राशिको नभएपनि स्केट गर्न आउने ग्राहकलाई मनोरञ्जन स्वरूप उपहारको व्यवस्था गरेको सञ्चालक शाहीको भनाइ छ । ‘खेल खेलौँ स्वस्थ जीवन बिताउ’ भन्ने उद्देश्यले खजुरामा सञ्चालन आएको स्केटिङ जोनले छोटो समयमै धेरै ग्राहकहरूको मन जित्न सफल भएको शाहीको दाबी छ । उनले स्केटिङ जोनमा ग्राहकका लागि सेवा तथा सुविधा थप्दै लैजाने प्रतिबद्धता जनाएका छन् । पछिल्लो समय सुर्खेतमा यो खेल युवापुस्तामाझ लोकप्रिय बन्दै गएको छ । बालबालिकादेखि प्रौढसम्मका सबैले खेल्न मिल्ने यो खेलबाट मनोरञ्जन साथै शारीरिक र मानसिक रूपमा पनि राम्रो मानिन्छ ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया