नेपाल तरुण दल जाजरकोटको अध्यक्षमा चन्द


जाजरकोट । नेपाल तरुण दल जाजरकोटको अध्यक्षमा लोकेन्द्र चन्द चयन भएका छन । नेपाली काग्रेस निकट भातृ संगठन तरुण दलको अध्यक्षमा चन्द चयन भएका हुन् । बुधवार जिल्ला स्थित द रातोघर रेस्टुरेन्टको सभाहलमा भएको एक कार्यक्रमका विच पार्टीको संगठन तरुण दलको जिल्ला अध्यक्षको जिम्मेवारी दिएको नेपाली काग्रेस जाजरकोटका कार्यबहाक सभापती खड्क विसीले बताए । यस अघी संगठन जिल्लाको अध्यक्ष, कुशे गाउँपालिका अध्यक्ष तथा पार्टी सचिव हरिचन्द्र वस्नेत थिए ।

नेपाल तरूण दलको विधान २०१० र विधान संसोधित २०६९ अनुसार अर्को अधिवेशन नहुदा सम्मको लागी चन्दलाई जिल्लाको अध्यक्ष पदमा पार्टीले जिम्मेवारी दिएको छ । चन्द नेकपा एमाले निकट भातृ संगठन युवा संघ नेपालमा आवद्ध भएर लामो समय काम गरेका थिए । २०७९ सालको स्थानीय तहको निर्वाचनमा भेरी नगरपालिका ४ को वडा अध्यक्षमा एमालेबाट टिकट नपाएपछी चन्दले स्वतन्त्र उमेद्वारी दिएका थिए । लगातार दुईवर्षसम्म कुनै पार्टीमा आवद्ध नभई स्वतन्त्र भएर बसेका चन्द केहि महिना यता नेपाली काग्रेसमा आवद्ध भएका थिए ।


उक्त कार्यक्रममा पार्टीका कार्यबहाक सभापती खडक विसीको प्रमुख अतिथि, पार्टि प्रदेश कमिटि सदस्य नगेन्द्र शाह, पार्टि सचिव हरिचन्द्र बस्नेत,  पार्टिका प्रबक्ता तथा पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष छवी पन्त, नेपाल तरुण दलका केन्द्रिय सदस्य रमेश चन्द,  ने बि संघका केन्द्रिय सदस्य निराजन बिक्रम शाहि , ने बि संघ जाजरकोट अध्यक्ष अनिश कार्की र कुशे गाउँपालीका उपाध्यक्ष देविका सिंह लगाएतको आतिथ्यता रहेको थियो ।


राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरूण एकताप्रति प्रतिबद्ध रहने, नेपाली समाजलाई सम्बृद्धि र आधुनिक समाजमा रूपान्तर गर्नका लागि स्वाभीमानी, कर्तव्यशील र परिश्रमी पुस्ताको जग बसाउने, समाजमा विद्यमान सामाजिक कुरीति, सामन्ती सोचाई र संस्कार विरूद्ध संघर्ष गर्ने गराउन , स्वतन्त्र, समुन्नत, भयमुक्त र समतामूलक समाजको निर्माण गर्ने गराउने, विश्व शान्ति, भ्रातृत्व, प्रगति तथा अन्तर्राष्ट्रिय तरूण ऐक्यवद्धता र मैत्रीका निमित्त समर्पित रहने, समान सिद्धान्त र विचारवाहक अन्तर्राष्ट्रिय संघ संस्थासँग सम्बन्ध विकसित गर्ने गराउन, जाजरकोटी तरूणहरूको बौद्धिक, शारीरिक र भौतिक विकासका लागि प्रशिक्षण लगायतका आवश्यक कार्यक्रमहरू सञ्चालन गर्ने गराउने, जाजरकोटीहरुलाई जागरण गर्ने निर्माणमा तरूण शक्तिलाई परिचालन गर्ने गराउने, मानव अधिकार र जनअधिकारको रक्षार्थ संघर्षरत रहने जस्ता सवालहरु वोकेर नेपाली काग्रेस जाजरकोटका युवाहरुको बलियो संगठन निर्माण गर्ने जिम्मेवारी उनको काधमा आएको छ ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया