रिसाङ पहिरोपीडितको घाउमा कर्णाली प्रदेश समाज दक्षिण कोरियाको मल्हम

जाजरकोट । भेरी नगरपालिका-१० रिसाङमा पहिरोका कारण ज्यान गुमाएका तथा पूर्ण रूपमा घर पुरिएका २० परिवारलाई कर्णाली प्रदेश समाज दक्षिण कोरियाले करिब ५४ हजार रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेको छ।

कर्णाली प्रदेश समाज दक्षिण कोरियाको सहयोग तथा यार्सन जाजरकोटको समन्वयमा पहिरोपीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको हो। पीडित प्रत्येक परिवारलाई २५ किलो चामलको एक बोरा, ३ किलो दाल र १ लिटर तेल वितरण गरिएको यार्सन जाजरकोटका कार्यकारी निर्देशक सहदेव बस्नेतले जानकारी दिनुभयो।

कर्णाली प्रदेश समाज दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष प्रेमकला विक र उपाध्यक्ष कर्ण कार्कीको समन्वयमा राहत सामग्री जुटाइएको  निर्देशक बस्नेतले बताउनुभयो।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्ती, उपप्रमुख सीता जैसी, पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका अध्यक्ष छवि पन्त तथा NNDSWO जाजरकोटका जिल्ला कार्यक्रम अधिकृत कृष्ण तिरुवालगायतको उपस्थिति रहेको थियो।

पहिरोबाट घरबारविहीन भएका परिवारलाई विपद्को समयमा तत्काल खाद्यान्न सहयोग पुगोस् भन्ने उद्देश्यले राहत सामग्री वितरण गरिएको आयोजकले जनाएको छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया