
जाजरकोट । नेकपा (एमाले) जाजरकोटले गणतन्त्रको पक्षमा खलंगामा जनप्रदर्शन गरेको छ । नेकपा (एमाले) को केन्द्रीय सर्कुलर अनुसार जाजरकोटमा पनि गणतन्त्रको पक्षमा जागरण सभा गरिएको हो । सोमबार एमाले जाजरकोटले र्यालि सहित खलंगाको शान्तीचौतारा, थाप्लेचौर, ठाँटीबजार हुदै गैरीखाली सार्वजनितक मञ्चमा प्रदर्शन सहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जागरण सभा आयोजना गरेको छ । मुलुकमा भईरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्न जनसचेतना अभियानअन्तर्गत जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरणसभा गरेको हो ।

र्यालिपछिको जागरण सभालाई सम्बोधन गर्दै कार्यत्रमका प्रमुख अतिथि नेकपा एमाले पोलिट व्यूरो सदस्य तथा जाजरकोट इन्चार्ज भैरव सुन्दर श्रेष्ठले राजावादीहरूले विरोधको नाममा अराजकता सिर्जना गरेको आरोप लगाउँदै उनले यस्तो कार्य लोकतान्त्रिक मूल्य मान्यताविपरीत रहेको बताए । “राजावादीको नाममा राजतन्त्र ल्याउनुपर्छ लोकतान्त्रिक प्रणालीको देशलाई अराकको दिशातर्फ लैजानलाई भरम फैलाउने ज्ञानेन्द्र शाहलाई जेल हाल्नुपर्छ उनेले भने ।” “राजनीतिक आवरणमा हत्या, हिंसा तथा निजी र सार्वजनिक सम्पत्तिमाथि आक्रमण गर्ने जो–कोहीलाई कानूनी दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो ।” “मुलुक पुनः विगतको अवस्थामा फर्कन नसक्ने दाबी गर्दै उनले देशलाई पुनः अधिनायकवादतर्फ धकेल्ने षड्यन्त्रलाई परास्त गर्न लोकतन्त्रवादी शक्तिहरूलाई एकजुट हुन आग्रह गरे ।” साथै, गणतन्त्रको रक्षा र संस्थागत विकासका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने पोलिट व्यरो सदस्य श्रेष्ठको धारणा थियो ।

त्यस्तै सभामा सम्बोधन गर्दे नेकपा (एमाले) केन्द्रिय सदस्य तथा जाजरकोट प्रदेश (ख) इन्चार्ज डम्बर बहादुर सिंह जन्मको आधारमा नभई कर्मको आधारमा सर्वोच्च पदमा जनता पुग्ने व्यवस्था सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको कुरामा जोड दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य चन्द्र प्रकाश घर्तीले राजावादीको सक्रियता बढेपछि त्यसको प्रतिवाद गर्न एमालेले देशव्यापी अभियानको घोषणा यसअघि नै गरेको थियो । त्यही घोषणाअनुसार आज देशभरी र्याली गरेको हो । एमालेले मात्रै नभई गणतन्त्र पक्षधर अन्य दलहरूले पनि राजावादीको जनआन्दोलनलाई प्रतिवाद गर्न देशव्यापी रूपमा आन्दोलन अगाडि बढाइरहेको छ । राजावादीहरूले शुक्रबार गरेको आन्दोलन तोडफोड र लुटपाटमा केन्द्रित भएपछि अहिले चर्को विवादमा फसेको छ । तीनकुने घटनाको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह नै भएको ठहर गर्दै मुख्य राजनीतिक दलहरूले कारबाही गर्नुपर्छ केन्द्रिय सदस्य घर्तीले चेतावनी दिएका छन् ।

नेकपा एमाले जाजरकोटका अध्यक्ष नरेन्द्र शाहीको अध्यक्षतामा संचालन भएको जनप्रदर्शन कार्यक्रममा केन्द्रिय सल्लाहकार परिषद सदस्य लाल बहादुर महतारा, नेकपा एमाले कर्णाली प्रदेश कमिटि सचिवालय सदस्य करविर शाही, नेकपा एमाले कर्णाली प्रदेश सदस्य तारा शाक्य, बारेकोट गाउँपालिका अध्यक्ष विर बहादुर गिरी, जुनिचाँदे गाउँपालिका अध्यक्ष वेदबहादुर शाही, नेकपा एमाले जाजरकोटका उपाध्यक्ष विश्व विक्रम शाह, नेकपा एमाले भेरी नगर कमिटि अध्यक्ष मुकुन्द शर्मा, नेकपा एमाले छेडागाड नगर कमिटि अध्यक्ष मोती वली र अनेरास्ववियु कर्णाली प्रदेश उपाध्यक्ष विवस भारती लगाएतका वक्ताहरुले कार्यक्रमलाई सम्बोधन गर्दै जनताको अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउने, राजनीतिक आवरणमा हत्या, हिंसा तथा निजी र सार्वजनिक सम्पत्तिमाथि आक्रमण गर्ने जो–कोही राजाबादीहरुलाई कानूनी दायरामा ल्याउनुपर्छ । विकास निर्माण ठप्प हुने जस्ता कारणले जनताको अधिकारमाथि बन्देज लगाएकोले नेपालमा राजतन्त्रको अन्त्य भएको उल्लेख गर्दै भ्रममा वक्ताहरूको आग्रह थियो । उक्त जनप्रदर्शन कार्यक्रमको कार्यक्रम संचालन नेकपा एमाले जिल्ला कमिटि जाजरकोटका सचित गोपाल बहादुर नेपालीले गरेका थिए ।








विनोद कुमार घर्ती (रिदम) । २०८१ चैत्र १८ गते सोमवार