सर्भाधिक पुरस्कार राशिको भलिवल रिम्नामा हुने

जाजरकोट,२९ माघ ।
जाजरकोटको रिम्नामा खुल्ला वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । फागुन १ देखि भेरी नगरपालिका रिम्नामा त्रिवेणी रिम्ना मेला लाग्ने भएको हो । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ विभिन्न खेल विदा सहित सांस्कृतिक कार्यक्रम हुन लागेको मेला मुल आयोजक समितिले जनाएको छ ।

जिल्लामा नयाँ खेलाडि उत्पादनकालागि भलिवलको विकासका लागि मेलाको आयोजना गरिएको मेला व्यवस्थापन का कोषध्यक्ष नरेन्द्र बुढाले जानकारी दिए । मेलामा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता सहित खुल्ला पुरुष डवल ब्याटमिन्न, खुल्ला पुरुष फुटवल तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएकोे मेला व्यवस्थापनका अध्यक्ष खिमराज रानाले जानकारी दिए ।

आयोजकले जिल्लाकै ठूलो राशिको भलिवल प्रतियोगिता आयोजना गरेको छ । वडा स्तरमा भलिवल प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार , द्धितिय पुरस्कार ३५ हजार र सान्त्वना पुरस्कार १५/१५ हजार र दर्ता शुल्क ५ हजार रहेको आयोजकले जनाएको छ । खेलमा जिल्ला भित्रका खेलाडि मात्र समावेस गरिने भएको छ । खुल्ला डबल्स पुरुष व्याटमिन्टको प्रथम पुरस्कार रु १० हजार, द्धितिय पुरस्कार ५ हजार, तृतिय पुरस्कार ३ हजार राखिएको छ । खेलका लागि एक हजार दर्ता शुल्क रहेको छ । यस्तै खुल्ला पुरुष फुटबल प्रतियोगिता तर्फ प्रथम विजेता टिमले २० हजार पुरस्कार र उपविजेता समुहले १० हजार पुरस्कार प्राप्त गर्ने भएका छन् । फुटबल प्रतियोगिता दर्ताका लागि २ हजार रुपैया कायम गरिएको मुल आयोजकले जानकारी दिएको छ । समितिले खेलमा सहभागी हुनकालागि परिचय खुल्ने कागजात ल्याउनु पर्ने सर्त राखेको छ । मेलामा हुने खेलकुदमा सहभागि हुन माघ २९ गते बेलुका ५ बजे सम्म समय निर्धारण गरिएको छ । मेलामा दर्ता भएका खेलकुदहरु फागुन १ गते विहान १० बजेदेखी सञ्चालन हुने भएका छन् ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया