जाजरकोट । राजनितिक दल तथा कर्मचारी बिच मैत्रीपुर्ण फुट्बल प्रतियोगिता सम्पन्न भएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा जाजरकोटमा राजनितिक दलका प्रतिनिधिहरू र राष्ट्रसेवक सरकारी कर्मचारीहरूबीच मैत्रीपुर्ण फुटबल खेल सम्पन्न भएको हो ।
बुधवार भेरी नगरपालिका ३ को त्रिभुवन माविको खेल मैदानमा भएको मैत्रीपुर्ण खेलमा सरकारी कर्मचारीहरूको टोलीले राजनैतिक दलका प्रतिनिधिहरूको टोलीलाई १-० को अन्तरले पराजित गर्दै प्रथम पुरस्कारको रुपमा नगद रु. ३५,००० हात पारेका छन्। खेलको एकमात्र निर्णायक गोल कर्मचारी टोलीका खेलाडीले दोस्रो हाफमा गरेका थिए । जसका कारण खेल कर्मचारीहरूको पक्षमा समाप्त भयो ।

खेलमा दुबै टोलीले जोशिलो प्रदर्शन गरेका थिए, तर राजनैतिक दलका टोलीले गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेनन्। खेलको समापनपछि विजयी कर्मचारी टोलीलाई भोली संविधान दिवस तथा राष्ट्रिय दिवसको दिन नगद पुरस्कारसहित सम्मान गरिने भएको छ । उक्त खेलमा राजनितिक दलको तर्फबाट जिल्ला खेलकुद विकास समिति जाजरकोटका अध्यक्ष नर बहादुर वस्नेत (एन वि.) र कर्मचारीको तर्फबाट प्रमुख जिल्ला अधिकारी उमाकान्त अधीकारी क्याप्टेन रहेका थिए ।
दुबै टोलीले खेल भावना र सहकार्यलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ उत्साहजनक प्रदर्शन गरेका थिए । खेल अवलोकन गर्न खेल अवधिभर जिल्लाका प्रमुख नेताहरू, कर्मचारी, सर्वसाधारण तथा युवा खेलाडीहरूको बाक्लो सहभागिता भएर अत्यन्त उत्साहका साथ खेलको मजा लिएका थिए ।

मैत्रीपुर्ण फुटवल खेलको आयोजना जिल्ला खेलकुद विकास समिति जाजरकोटले गरेको थियो भने खेल अवधिभर मुख्य एमपाएर (रेफ्री) को भुमिका भेरी नगरपालिका ४ का फुडवल खेलाडी भक्त बहादुर शाहले गरेका थिए ।







विनोद कुमार घर्ती (रिदम) । २०८१ असोज २ गते बुधवार