
जाजरकोट, वैशाख ५। सिटिजन लाइफ इन्स्योरेन्सको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जाजरकोट शाखाले छेडागाड नगरपालिका–२, डेड्कुलास्थित इन्द्रज्योती आधारभूत बिध्यालयमा अध्ययनरत १०५ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय झोला वितरण गरेको छ।

कार्यक्रममा कर्णाली प्रदेश प्रमुख प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने जाजरकोट शाखा प्रमुख को विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
विद्यालयका विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री तथा झोला हस्तान्तरण गर्दै प्रमुख अतिथि मरासिनीले शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभयो। यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले विद्यार्थीहरूको अध्ययनमा थप उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

शाखा प्रमुख बुढाले सिटिजन लाइफले व्यवसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै विभिन्न समुदायमुखी कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक विकाससँग सम्बन्धित कार्यक्रमहरूलाई निरन्तरता दिइने उहाँको भनाइ थियो।
विद्यालय प्रशासन, शिक्षक, अभिभावक तथा स्थानीयवासीले सिटिजन लाइफ इन्स्योरेन्स नेपालप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने बताएका छन्।
शैक्षिक सामग्री वितरण कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।






द मालिका पोष्ट । २०८३ जेष्ठ ६ गते बुधवार