
जाजरकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटले “विश्व सडक सुरक्षा सप्ताह–२०८३” को अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
“सडक अनुशासन पालना गरौं, अमूल्य जीवनको रक्षा गरौं” भन्ने मूल नारासहित सञ्चालन गरिएको अभियान अन्तर्गत सवारी चालक तथा यात्रुहरुलाई ट्राफिक नियम पालना गर्न आग्रह गरिएको हो ।

कार्यालयले हेल्मेट तथा सिट बेल्ट अनिवार्य प्रयोग गर्न, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्न, जेब्रा क्रस तथा आकाशे पुलको प्रयोग गर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको जनाएको छ ।
जिल्ला ट्राफिक प्रमुख प्र.स.नि. नन्द बिष्टका अनुसार सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राको सुनिश्चितताका लागि यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने विश्वास लिइएको छ । उहाँले सबै नागरिकलाई ट्राफिक नियम पालना गरी सुरक्षित यात्रा गर्न आग्रह गर्नुभएको छ ।






द मालिका पोष्ट । २०८३ जेष्ठ ३ गते आइतवार