दशेरा जनज्ञानकुञ्ज क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुकाका खत्री निर्वाचित

जाजरकोट ।  छेडागाड नगरपालिका-५, दशेरामा रहेको जनज्ञानकुञ्ज क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियुका गोबिन्द बहादुर खत्री सर्वसम्मत निर्वाचित भएका छन्।

शुक्रबार सम्पन्न निर्वाचनमा क्याम्पसमा दर्ता भएका विद्यार्थी संगठनहरूको सल्लाहअनुसार खत्रीलाई सर्वसम्मत सभापति चयन गरिएको हो।

यस्तै, उपाध्यक्षमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का नवराज सिंह, सचिवमा अखिल क्रान्तिकारीका शेरबहादुर खड्का, सहायक सचिवमा अनेरास्ववियूका मोहन बुढा र कोषाध्यक्षमा नेविसंघका खिमराज खत्री निर्वाचित भएका छन्।

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा रहेको जनज्ञानकुञ्ज क्याम्पसमा हाल १,२९५ जना विद्यार्थी अध्ययनरत छन्। विद्यार्थी संख्याका आधारमा यो क्याम्पस यस क्षेत्रकै सबैभन्दा ठूलो रहेको छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया