
जाजरकोट। नेकपा (एमाले) का केन्द्रीय सदस्य डम्बर बहादुर सिंहले हालको युवा पुस्ताको सक्रिय सहभागिता बिना राजनीति सफल हुन नसक्ने बताउनु भएको छ । एमालेको तीन महिने अभियानको लागि बसेको छेडागाड नगरकमिटीको बैठकलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।
उहाँका अनुसार देशलाई स्थायित्व, समृद्धि, र विकासको बाटोमा अगाडि बढाउनका लागि युवाको भूमिका निर्णायक छ। “अहिलेको राजनीति पुरानो ढाँचामा सीमित रहन सक्दैन। परिवर्तनको वाहक युवा हुन्, उनीहरूबिना कुनै पनि राजनीतिक आन्दोलन वा सरकार प्रभावकारी बन्न सक्दैन,” उहाँले भन्नुभयो ।
सिंहले युवालाई जिम्मेवारी दिँदै उनीहरूलाई राजनीति, नीति निर्माण, र नेतृत्व तहमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । “युवा शक्तिलाई सही दिशा दिन सके मात्र देश समृद्धिको यात्रामा अघि बढ्छ,” ।
नेकपा (एमाले) ले युवालाई सशक्त रूपमा पार्टीभित्र समेट्दै लैजाने योजना बनाएको उल्लेख गर्दै उहाँले युवाहरूको भुमिका अझ निर्णायक हुने विश्वास व्यक्त गर्नुभयो । “समाज रूपान्तरणको मुख्य शक्ति युवामा निहित छ, त्यसैले उनीहरूको नेतृत्वलाई स्थापित गर्नु आवश्यक छ,” सिंहले भन्नुभयो ।
युवा पुस्ताको सहभागिता बिना राजनीति सफल हुँदैन : केन्द्रिय सदस्य सिंह






रामचन्द्र घर्ती । २०८१ माघ २५ गते शुक्रवार