एमाले ध्वस्त बनाउने प्रचण्डको सपना कहिल्यै पूरा नहुने : एमाले नेता श्रेष्ठ

जाजरकोट । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य भैरव सुन्दर श्रेष्ठले एमाले कमजोर बनाउने माओवादी अध्यक्ष प्रचण्डको सपना चकनाचुर भएको बताउनु भएको छ । पार्टीका जाजरकोट इन्चार्ज समेत रहनु भएका श्रेष्ठले जालझेल गरि सत्तामा गएर एमालेलाई कमजोर बनाउने ‘प्रचण्ड’ को सपना कहिल्यै पूरा नहुने ठुकुवा गर्नु भयो । प्रचण्ड र उनको पार्टी माओवादी लाई काङ्ग्रेस र एमालेको गठबन्धन बिच फाटो ल्याएर सरकार ढाल्ने अफवाह फैलाउने गरेको आरोप समेत लगाउनु भयो ।
एमाले छेडागाड नगरकमिटीको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताउनु भएको हो ।
श्रेष्ठका अनुसार प्रचण्डको प्रवृत्ति स्थायित्व चाहने होइन, तराई-मधेसदेखि पहाडसम्म अस्थिरता र बिखण्डनकारी राजनीति मच्चाउनेमा केन्द्रित छ ।
प्रचण्डले पटक–पटक राजनीतिक अस्थिरता सिर्जना गरी सत्तामा उक्लिने नीति अपनाएका जनताले राम्रो संग बुझेका छन । “स्थायित्वविहीन राजनीति गर्दै मुलुकलाई अनिश्चितताको भूमरीमा धकेल्ने उनको पुरानै शैली हो,” उहाँको भनाई छ ।
नेकपा एमाले अहिले देशभर पुनः संगठन विस्तारमा जुटिरहेको बताउँदै उनले एमाले कमजोर बनाउन कसैले नसक्ने दाबी गर्नु भयो । “एमालेले जनताको विश्वास जितेको छ, जुन कुनै पनि राजनीतिक चलखेलले कमजोर बनाउन सक्दैन,” श्रेष्ठको भनाइ छ।
कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई संगठन निर्माण र सुदृढीकरण लागेर पार्टीले तय गरेकी मिसन ८४ लाई सफल पार्न आग्रह समेत गर्नु भयो ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया