
जाजरकोट । नेपाल निजामति कर्मचारी युनियन जाजरकोटको अध्यक्षमा भोला खत्री निर्बाचित भयका छन । सनिवार जिल्ला समन्वय समितिको सभाहलमा भयको ९ औं जिल्ला अधिवेशनले भोला खत्रीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
निर्बाचन समितिका संयोजक राजेन्द्र कार्कीका अनुसार नवगठित कार्य समितिमा मान बहादुर बस्नेत, निरा शाही र निमराज बुढा उपाध्यक्ष पदमा चयन भएका छन्। कृति बिक सचिव, निराजन शर्मा सह-सचिव, तथा भिमराज केसी कोषाध्यक्ष चयन भएका छन ।
सदस्यहरुमा प्रदिप रावल, मान बहादुर थापा, रुद्र शाही, हरी बहादुर शाही, बीर बहादुर केसी, रुद्र शाही, टिका थापा, प्रकाश कुमार शाही, मान बहादुर बुढा, लोकेश बुढा र उर्मिला शाह निर्वाचित भएका छन । त्यसैगरी, केन्द्रिय महाधिवेशन प्रतिनिधिमा कृष्ण ब खत्री, नरदल बुढा, कर्ण ब रोकाय, गणेश ब थापा र सरस्वती बस्नेत चयन भएका छन् भने, प्रदेश प्रतिनिधिमा नरेन्द्र कु कठायत, जगदीश न्यौपाने, गंगा कुमारी रेग्मी र राज कुमार सिंह निर्वाचित भएका छन ।

उक्त कार्यक्रमको उद्घघाटन सत्रको प्रमुख अतिथि कर्णाली प्रदेश सभा सचिवालय सदस्य तथा जाजरकोट जिल्ला सभापति माननिय बेदराज सिंहले गर्नुभयको थियो । प्रमुख अतिथिले आफ्नो सम्बोधनमा नेपाल निजामति कर्मचारी युनियन जाजरकोटको ९ औं जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै पुर्ब कार्यसमितिलाइ सबल कार्य गर्नुभयकोमा धन्यवाद दिदै नव-निर्वाचित कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयको हो ।
उहाँले निजामति कर्मचारीहरूको हकहित, सेवा सुविधाको प्रवर्द्धन तथा प्रशासनिक सुधारमा युनियनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। साथै, कर्मचारीहरूको हकहित सुनिश्चित गर्न एकताबद्ध भई काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै संगठनलाई अझ सशक्त, पारदर्शी र प्रभावकारी बनाउन नव-निर्वाचित नेतृत्वले सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयको थियो ।






विनोद कुमार घर्ती (रिदम) । २०८१ माघ २७ गते आइतवार